0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

मुस्लिम समुदायको धार्मिक सभा स्थगित

spot_img
spot_img

सुनसरी । सुरक्षा संवेदनशीलताका कारण गृहमन्त्रालयको निर्देशन बमोजिम स्थानीय प्रशासनले अनुमति नदिँदा मुस्लिम समुदायले सुनसरीका दुईवटा स्थानमा गर्न लागेको सभा ‘इज्तेमा’ स्थगित गरिएको छ।

सुरक्षाका हिसावले सुनसरी तराईंको जिल्लामध्ये संवेदनशील मानिन्छ। अर्कातिर मङ्सिर ७ गतेदेखि राजधानीमा विभिन्न समूहले कार्यक्रम गर्ने तयारी भएकाले गर्दा पनि त्यसको असर यहाँ पनि पर्ने भएकाले गर्दा कार्यक्रम स्थगन गरिएको जानकारी दिइयो।

देशमा पछिल्लो समय देखिएको सुरक्षा संवेदनशीलताका कारण मुस्लिम सभा रोक्न गृहमन्त्रालयले निर्देशन प्राप्त भए बमोजिम रोकिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाद्दारा जारी सूचनामा उल्लेख छ। खतिवडाद्दारा जारी सूचनामा इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकालाई पनि निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ।

गृहमन्त्रालयका निर्देशनपछि जिल्ला प्रसाशन कार्यालय सुनसरीले कार्यक्रम नगर्न आयोजकलाइ लिखित पत्र बुझाई सकेको छ। प्रशासनको पत्र प्राप्त गरेसगैं मुस्लिम अगुवाहरू सुनसरीमा हुन लागेको ‘इज्तेमा’ तत्काललाई स्थगन गर्ने निर्णय गरेका छन्।

‘इज्तेमा’ इटहरीको खनारमा मङ्सिर ५ गतेदेखि तीन दिनसम्म र दुहबीमा मङ्सिर ७ गतेदेखि तीन दिनसम्म तय गरिएको थियो। यी दुइ कार्यक्रममा २ लाख सहभागि हुने अनुमान गरिएको थियो।

झन्डै दुइ महिनादेखि भव्य तयारी गरिएको कार्यक्रमका लागि झण्डै तीन करोड वरावरको लगानी खेर गएको खनार स्थित ‘इज्तेमा’ समारोह मुल आयोजक समितिका सयोंजक तैयव हुसेनले जानकारी दिए। अतिथिहरुका लागि बस्ने–खाने, शौचालय तथा सभाहरुले निर्माण गरिएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme