नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ अवस्थिति वाल्मीकि मा.बि.मा अाज मुस्लिम महिलाहरूलाई सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
सरावल गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सन्जालकाे अायाेजनामा तथा सरावल गा.पाकाे सहयोगमा महिला सन्जालकि अध्यक्ष मिना चाैधरीकाे अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उतमा रायको प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।
कार्यक्रममा बाेल्दै उपाध्यक्ष रायले नेपालका मुस्लिम नागरिकहरु पिछडिएका अवस्थामा छन।अधिकांश नेपाली मुस्लिम समुदाय गरिबीको रेखामुनी रहेको पाईन्छ। सरसफाइ भनेको बाहिर सफा देखिनु मात्र होइन। यसले सुस्वास्थ्यका सबै नैतिक स्तरहरूलाई समेट्छ। यसमा हाम्रो मन अनि हृदयको अवस्था पनि मुछिएको छ, किनभने यसमा हाम्रो नैतिकता र उपासना बिथोलित छ।“सार्वजनिक स्वास्थ्यको कुरा भनेको आखिरमा प्रत्येक व्यक्तिविशेष चाहे त्यो पुरुष, महिला वा बालक नै किन नहोस्, प्रत्येकको सरसफाइमा निर्भर हुन्छ।”यद्यपि, कसै-कसैले सरसफाइ भनेको व्यक्तिगत कुरा हो र यो अरू कसैको मतलबको विषय होइन भन्ने सोचाइ राख्छन्। याे साेचलाई हटाउदै हामी स्वास्थ्यमा बिशेष ध्यान दिन जरुरी छ । किनभने स्वास्थ नै मानिसको ठुलाे धन हाे । हामी स्वास्थ हुनलाई सरसफाइमा ध्यान दिनुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे।
कार्यक्रममा वडा नं. ७ का ५५ जना महिलाहरुकाे सहभागीता रहेको थियाे । कार्यक्रमकाे सहजिकरण भुजहवा हेल्थपाेस्ट अनमि प्रतिभा कुर्मि र सम्झना चाैधरीले गर्नुभएको थियाे। मुस्लिम महिलाहरूलाई सरसफाइ सम्बन्धि जनचेतनामूलक कार्यक्रम भाेलिदेखि वडा नं. ४ ,५ र ६ मा सन्चालन गरिने सन्जालकि उपाध्यक्ष बासमति हरिजनले जानकारी दिनुभएको छ।