नवलपरासी, ०४ माघ — क्रान्तिकारी युवा संघ नेपाल नवलपरासीले सदरमुकाम परासीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालो ब्यानर टाँसेर विरोध प्रदर्शन गरेको छ।
साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनले देशलाई कुनै राजनीतिक निकास दिन नसक्ने संघको ठहर रहेको छ। सोही कारण संघले स्वाधीन संयुक्त सरकार गठनको माग गरेको जनाएको छ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघले दलाल तथा भ्रष्ट संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचनले युवा र आम जनताको अधिकार सुनिश्चित गर्न नसक्ने स्पष्ट पारेको छ।















