माेटरसाइकल दुर्घटनामा २ जना घाइते

10

संजय कुशवाहा, कार्तिक ४ नवलपरासी ।

जिल्लाकाे सुस्ता गाउंपालिका वडा नं. ५ रतनगंजमा ट्याक्टर र मोटरसाइकल एक अापसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् ।

गएराती भएकाे साे दुर्घटनामा मोटरसाइकल सवार सुस्ता गाउपालीका वार्ड न. ५ सेमरीका २४ वर्षे राकेश हरिजन र स्थानीय २३ वर्षे राजेश कुमार बढई गम्भीर घाइते भएका हुन् ।

गएराती सुस्ता गाउंपालिका वडा नं. ५ रतनगंजमा राेकिराखेकाे लु २ त २४९८ नम्बरको ट्याक्टरमा गुठी परसौनीबाट रतनगंज गईरहेको भारतीय नम्बर यु पि ५३ यम ७५३८ को मोटरसाइकलले ठक्कर दिदा साे दुर्घटना भएकाे हाे ।

घाइते दुबै जनालाई उपचारको लागि भैरहवा मेडिकल कलेज पठाईएको छ भने ट्याक्टर चालक फरार भएको छ । प्रहरीले ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिएकाे रामनगर प्रहरी चौकीका ईन्चार्ज राम सेवक यादवले बताउनु भयो।