असाेज २३ कपिलवस्तु ।
मधेश मानव अधिकार गृह माहुरि हाेम कपिलवस्तुले अाज मंगलवार संस्थाकाे २१अाैं साधारण सभा सम्पन्न गरेकाे छ ।
संस्थाकाे केन्द्रीय कार्यालय ताैलिहवामा सञ्चालित साधारणसभा संस्थाका अध्यक्ष रबिन्द्रनाथ ठाकुरकाे सभापतित्व तथा राष्ट्रिय मानव अधिकार अायाेग बुटवल प्रमुख तथा ५ नं प्रदेश प्रमुख पवन भट्टकाे प्रमुख अातिथ्यताम सम्पन्न भएकाे हाे ।
काेषाध्यक्ष जयप्रकाश पाण्डेयले विगत वर्ष अा.व. ०७४/०७५ काे ५४ लाख ८८ हजार ७ सय १९ रुपैया बराबरकाे अाय व्यय प्रस्तुत गर्नुभएकाे थियाे ।
संस्थाका महासचिव माया ज्ञवालीले प्रगति प्रतिवेदन पेश गर्नु भएकाे थियाे । उक्त दुबै प्रतिवेेदन खुला सत्रमै सार्वजनिक गरिएका थिए ।
राष्ट्रिय मानव अधिकार अायाेग बुटवल प्रमुख तथा ५ नं प्रदेश प्रमुख पवन भट्टले संविधानले धेरै कुराकाे सुनिश्चितता गरेकाे छ, माैलिक हकमा महत्वपुर्ण विषयहरु समावेश गरिए तापनि हामी प्रयाेग गर्न नसकेकाे अवस्था छ । मानव अधिकारमैत्री नियम कानुनकाे अावश्यकता छ । स्थानीय सरकार धेरैले बनाएका कानुन बेमेल साबित हुदैछन् भन्नुभयाे ।
संस्था अध्यक्ष रबिन्द्रनाथ ठाकुरले संस्था विभिन्न चुनाैतीसंग सहकार्य गर्दै अगाडि बढेकाे बताउनुभयाे । संस्थामा परियाेजना भए पनि नभएपनि हामी निरन्तर रुपमा मानवअधिकार अनुगमन गरेका छाैं । अनुगमनले सरकार नपुगेकाे ठाउमा माहुरि हाेम पुगेकाे छ र यसले जनतामा न्यायकाे पहुच बढेकाे छ भन्नुभयाे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष पार्वती पाण्डेय, गैसस महासंघका अध्यक्ष प्रविण श्रीवास्तव , सल्लाहकार राम दयाल ठाकुर, पशुपतिमणि त्रिपाठी, माैलाना मसुद लगायतका वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।
साधारण सभामा उपाध्यक्ष वृजराज कुशवाहाले स्वागत गरेका थिए ।