मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासीमा सुरु

101

नवलपरासी । मानव अधिकार तथा शान्ति समाजको २५ औँ राष्ट्रिय परिषद् बैठक नवलपरासी जिल्ला शाखाको आतिथ्यतामा आजबाट दलित पञ्चकन्याद्वारा उद्घाटन गरी भूमहीमा प्रारम्भ भएको छ ।

विकासमुखी राजनीति, सेवामुखी राज्यनीति, उद्यममुखी समाज, अधिकारमुखी संस्कृति भन्ने मूल आह्वानसहित प्रारम्भ भएको राष्ट्रिय परिषद्को उद्घाटन सत्रमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०६३ सालको ऐतिहासिक परिवर्तनपछि पनि मानव अधिकार उल्लंघनकर्ता बारम्बार पुरस्कृत भएका कारण मानव अधिकार संस्कृति निर्माण र विस्तारमा बाधा पुगेको धारणा व्यक्त गर्नुभयो ।

दण्डहीनतालाई बढावा दिएका कारण लोकतान्त्रिक मुल्य र मान्यतामाथि निरन्तर प्रहार भइरहेको र यसमा प्रमुख राजनीतिक दल र शिर्ष नेताहरु नै दोषी रहेको पहाडीले बताउनुभयो । उद्घाटन सत्रमा संविधानसभा सदस्य विनोद पहाडी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल, नेपाली कांग्रेसका कुलदिप आचार्य, नेकपा एमालेका डोलराज भण्डारी, माओवादी केन्द्रका रामानन्द यादव, जसपाका शेषनारायण साहानी, शान्ति समाजका सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, पूर्व सभापति डा. गंगाधर अधिकारी, वरिष्ठ उपसभापति सुशिल बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा कवि अर्जुन पराजुली र सुदेश सत्यालले कविता समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा शान्ति समाजको काठमाण्डौ शाखालाई वर्ष २०७८–७९ को उत्कृष्ट शाखाका रुपमा र गत वर्ष सफलताका साथ राष्ट्रिय परिषद् बैठक आतिथ्यता गर्ने कपिलवस्तु शाखालाई प्रशंसापत्र प्रदान गरिएको थियो । य सैगरी आजै गते दिउँसो भूमहीमा शान्ति हाम्रो अधिकार भन्ने आह्वानसहित शान्ति र्याली सम्पन्न भएको थियो भने साझँ शान्ती काव्य कार्यक्रम समेत सम्पन्न भएको थियो ।

२५औ राष्ट्रीय परिषद बैठकमा शान्ति समाजका जिल्ला शाखाहरुबाट प्रतिनिधि र पर्यवेक्षक गरि करिव तीन सय जनाको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रम मानव अधिकार तथा शान्ती समाज केन्द्रीय समित सभापति गोबिन्द खनालको अध्यक्षता मूल तयारी समिति संयोजक सन्तोष अधिकारी क्षेत्रीको स्वागत र नवलपरासी जिल्ला सभापति गणेश न्यौपानेको सञ्चालनमा भएको थियो ।

साथै समाजले भोलि आगामी २ वर्षका लागी नयाँ नेतृत्व समेत चयन गर्ने मानव अधिकार तथा शान्ती समाज नवलपरासीका सचिव शिव प्रसाद पौडेलले बताउनु भयो ।