नवलपरासी, साउन २१ ।
सीमा प्रहरीले भन्सार छलेकाे तस्करीकाे सामान बरामद गरि कार्वाही चलाएकाे छ ।
नेपालबाट भारततर्फ लैजादै गरेकाेे २ लाख ८० हजार बराबरको कालाे मरिच र १५ हजारकाे १० बाेरा केराउ प्रहरीकाे गस्ती टाेलीले पाल्हिनन्दन गाउपालिका २ झरहि नदिकाे बाटाेबाट शनिवार बिहान नियन्त्रणमा लिएकाे हाे ।
त्यस्तै भारतबाट नेपाल भित्राउदै गरेको ३ लाख बराबरकाे कपडा, टेलिभिजन पाल्हिनन्दन गाउपालिका १ झरहि नदिकाे बांधबाट नियन्त्रणमा लिएकाे हाे ।
बरामद गरिएकाे सबै सामान कार्वाहिका लागि पठाईएकाे छ ।