उमेश बि.क, २६ फाल्गुन
नवलपरासीको सरावल गाउँपालिका १ बसन्त माध्यिमक विद्यालय बासामा अाइतवार महिनावारी सरसफाइ सम्बन्धि अभिमुखिकरण तथा सेनेटरी प्याड बितरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका स्तरीय अन्तर पार्टी महिला सञ्जाल की अध्यक्ष मिना चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका प्रमुख राधेश्याम चाैधरीकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै सरावल गाउँपालिका प्रमुख चाैधरीले विद्यालयका छात्राहरुलाई महिनावारी भएपछी छात्राहरुलाई विद्यालय छोडेर जानु पर्दैन । अब सेनेटरी प्याड तपाईंहरुको साथमा छ । महिनवारी हुंदा सरसफाईमा ध्यान नदिए बिभिन किसिमका रोग लाग्न सक्छ, भन्नुभयाे ।
सरसफाइ नभए पाठेघरमा क्यान्सर रोगसम्म हुन सक्छ । महिनावारी भए छात्राहरुले विद्यालयमा सेनेटरी प्याड प्रगोग गर्न अाग्रह समेत गर्नु भएको छ । सरसफाइमा ध्यान दिनु पर्छ र अाफ्ना विद्यालयका छात्राहरु र घरपरिवारलाई सुरक्षित राख्नको लागी सेनेटरी प्याड प्रगोग गर्न बताउनु भएकाे छ ।
विशेष अतिथी गाउँपालिका उपप्रमुख रायले महिनावारी अथवा रजस्वला अथवा अङ्रेजिमा mensuration भनेको महिलाहरुमा हुने एउटा प्राकृतिक प्रकृया हो, जुन महिलाको पठेघरमा भएको अन्डकोश फुटेर हुने गर्दछ । महिनावारी भएको बेलामा महिलाको शरिरबाट अशुद्ध रगत बाहिर निस्किने हुनाले बिषेश सरसफाईमा ध्यान दिनुपर्दछ, भन्नुभयाे । उहांले अब विद्यालयहरुमा सेनेटरी प्याडको कमी हुन नदिन सेनेटरी प्याड बितरण गरने प्रतिबद्धता ब्यक्त गर्नुभएकाे छ ।
कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत झबिश्वर रेग्मी, रेश्मि बि.क, अनिता कहार, बासमति हरिजन, साेना थारु तथा बसन्त मा.बि बासा कक्षा ६ देखि कक्षा ९ सम्मका १२५ जना छात्राहरुकाे सहभागिता रहेको थियाे ।
कार्यक्रमकाे सहजिकरण सरावल गा.पा स्वास्थ्य शाखा प्रमुख अाेम नरायण देवकाेटा र बाबुराम तिमिल्सिनाले गर्नुभएको थियाे । सरावल गाउँपालिकाकाे सहयोगमा तथा सन्जालकाे अायाेजनामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।