-0.6 C
New York
Wednesday, February 12, 2025

Buy now

spot_img
spot_img

मलुकमा नेतृत्व देखिएन, मैले जिम्मेवारी लिने समय आयोः पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)

spot_img
spot_img

४ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भाइटीका ग्रहणपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले मुलुकमा नेतृत्व नै नभएको जस्तो देखिएको टिप्पणी गरे ।

एउटा जिम्मेवार नागरिकको हैसियतले आफूलाई मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै उनले आफूले नेतृत्व लिने समय आएको पनि दाबी गरे ।

‘अहिले दुबो, गोदावरी र मखमली फूललाई वास्ता नगर्ने तर, कागजको फूलमा सुवास खोज्ने परिस्थितिमा हामी हिँडिरहेका छौं’ शाहले भने,’त्यसैले अब समय आयो जस्तो लाग्छ, मुलुकको जिम्मेवारी र नेतृत्व लिन तयार छु । तर, सबैको चाहना भने हुनपर्छ ।’

आफ्नो यो भनाइ पछि फेरि पूर्वराजा सक्रिय हुन खोज्यो भनिने उल्लेख गर्दै उनले अघि भनेे,’अब फेरि सक्रिय भयो भन्ने कुरा होला, यो सत्रlmया हुने वा नहुने कुरा होइन तर यो देशको परिस्थतिले मागेको र समय पनि आएको जस्तो मलाई लाग्छ ।’

उनले आजको दिन परिवारसँग बस्ने दिन भएको उल्लेख गर्दै नागरिकलाई आफूले भनेको कुरा ध्यान दिएर सुन्न पनि आग्रह गरे l

भिडियाे हेर्नका लागि लिंकमा क्लिक गर्नुस् ः पूर्वराजा ज्ञानेन्द्र शाहले भने- मैले जिम्मेवारी लिने समय आयो

 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme