9 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

मन्त्री रामनाथ अधिकारीको राजीनामा : सरकारको कदमप्रति आपत्ति

- Advertisement -

काठमाडौं, भदौ २४ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै सरकारको दमनकारी गतिविधिप्रति आपत्ति जनाउँदै पद छाडेको जानकारी गराएका हुन्।

अधिकारीले आफ्नो वक्तव्यमा लेखेका छन्–
“कलिला बालबालिकाको हत्या र आन्दोलनमाथि भएको दमनले देशलाई शोकाकुल बनाएको अवस्थामा सरकारमा निरन्तर बसिरहनु मेरो नैतिकता र दलले दिएको शिक्षाविरुद्ध हुने देखियो। यस कारण पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएको छ। देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै मन्त्री पदबाट राजीनामा दिएको छु।”

नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका अधिकारी कांग्रेस नेता शेखर कोइराला समूहका प्रतिनिधि थिए। यसअघि कोइरालाले आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए। अब उनका नजिकका नेता तेजुलाल चौधरी र बद्री पाण्डे अझै सरकारमा रहेका छन् भने प्रदीप पौडेलले पनि राजीनामा दिने सम्भावना रहेको चर्चामा छ।

सोमबारकै आन्दोलनबारे टिप्पणी गर्दै अधिकारीले भनेका छन्, “जेनजी पुस्ताले काठमाडौंसहित देशका विभिन्न स्थानमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको नियन्त्रणविरुद्ध खबरदारी गरेको हो। तर सरकारको दमन र हत्या लोकतान्त्रिक मूल्यभन्दा टाढा गएर तानाशाहीतर्फ धकेलिएको संकेत हो।”

उनले लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको अधिकार भएको उल्लेख गर्दै सत्ताले जनताको आवाज सुन्नुपर्ने बताए। साथै उनले पटक–पटक आन्दोलन गर्नुपर्ने र हिंसा सहनुपर्ने बाध्यताबाट मुलुकले चाँडै मुक्त हुनुपर्नेमा जोड दिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme