मनरीकाे दुई दिने माघी महोत्सव मेला सम्पन्न

55

उमेश वि.क सरावल , १ माघ ।

२०७४ थारु समुदायको नया वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित १२अाैँ माघी महोत्सब समापन भएको छ । नवलपरासीकाे सरावल गाउँपालिका २ मनरीमा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे १२अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रम थारु कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले अापन धरम अापन इमान कलासंस्कृति अापन पहिचान भन्ने मुल नाराकाे साथमा दुई दिन सम्म आयोजना भएको माघी महोत्सव मेला अाज सम्पन्न भएको हो ।

पाैष ३० गते देखि नै सञ्चालन भएको महोत्सव लोप हुन लागेको थारु कला संस्कृति जगेर्ना गर्न माघी महोत्सव श्रीराम युवा प्रतिष्ठानकाे अध्यक्ष कुल नरायण चाैधरीको अध्यक्षतमा तथा नवलपरासी पश्चिम प्रदेश सभा क सदस्य बैजनाथ चाैधरीको प्रमुख आतिथ्यता एवम नवलपरासी पश्चिम प्रदेश सभा ख सदस्य बैजनाथ जैसवालकाे बिशेष आतिथ्यतामा दुई दिने माघी महोत्सव मेला अाज सम्पन्न गरिएको हाे ।

कार्यक्रममा बाेल्दै नवलपरासी पश्चिम प्रदेश सभा क सदस्य चाैधरीले नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिक भरिएको देश हाे ।प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ। माघी महोत्सव बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा मानिन्छ । र सरावल गाउँपालिका २ मा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे याे प्रयास अगामि दिन सम्म जारी रहाेस र यश क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।

कार्यक्रममा नवलपरासी पश्चिम प्रदेश सभा ख सदस्य बैजनाथ जैसवाल,प्रदेश नम्बर ५ सामानुपातिक बिधान सभा सदस्य भगवती भन्डारी, पुर्ब शिक्षाराज्य मन्त्री गाेबिन्द प्रसाद चाैधरी, सरावल गाउपालिका अध्यक्ष राधेश्याम चाैधरी, गाउपालिका उपाध्यक्ष उतमा राय, थारु कल्याणकारी केन्द्रीय सदस्य कृष्णदत गाैरव श्रीराम युवा प्रतिष्ठानकाे पुर्ब अध्यक्ष भेष नरायण चाैधरी, नगेन्द्र चाैधरी लगायतले बाेल्नुभएकाे थियो ।

महोत्सवमा थारुहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु जस्तै झमटा,झुमरा, झर्रा, लाठिनाच र खानाका परिकारहरुकाे स्टल,रक्तदान, थारु रेष्टुरेन्ट, थारु स्टल, विशाल घाेङ्गि प्रदर्शन, चिट्ठा कार्यक्रम र गाउँ स्तरिय पुरुष भलिबल प्रतियाेगिता साथै महोत्सवलाई थप प्रभावकारी बनाउन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेकाे थियाे ।