मंगलापुरमा सप्तचण्डी महायज्ञ

82

उमेश बि.क / नवलपरासी, २१ माघ

नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञ मंगलबार देखि सुरु भएको छ।

मंगलापुर गाउबासिकाे अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् रामजानकी मन्दिर निर्माणका लागि महायज्ञ सुरु गरिएको बताईएकाे छ ।

महायज्ञका संयाेजक जनमेजय यादवकाे संयाेजकत्व तथा नेपाल नेत्रज्याेति संघ केन्द्रीय सदस्य एवम् डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल नवलपरासीकी अध्यक्ष मन्जु कण्डेलकाे प्रमुख अातिथ्यता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे बिषेश अातिथ्यतामा महायज्ञ शुभारम्भ भएको हाे।

महायज्ञलाई सम्बाेधन गर्दै नेपाल नेत्रज्याेति संघ केन्द्रीय सदस्य एवम् डा. बिनाेद निता कण्डेल अाँखा अस्पताल नवलपरासीकी अध्यक्ष कण्डेलले हिन्दु धर्मको रक्षाकाे निम्ति महायज्ञ ठुलाे भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको छ। नेपाललाई हिन्दु राष्ट्रले चिनाउन तथा जन जनमा हिन्दुवत्व कायम राख्न यज्ञले ठुलाे भुमिका खेल्ने गरेकाे छ । वर्तमानका युवा पिँढीहरुका लागि समेत महायज्ञ ज्ञानबर्धक भइ सामाजिक सुधारमा उन्नति हुने कुरामा जाेड दिदै सनातन हिन्दु धर्मको जिवनशैलि तथा संस्कार, आस्था तथा बिश्वासकाे संरक्षण र समाजिक सदभावकाे सम्बर्द्धनकाे लागि महायज्ञ हुन जरुरी रहेको कण्डेलले जाेड दिनुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले सामाजिक सद्भावकाे लागि महायज्ञ जरुरी छ भन्ने कुरामा जाेड दिनुभएको छ। महायज्ञबाट सामाजिक सद्भाव, भातृ प्रेम, पिताको पैतृक आज्ञा, जनताको उत्तरदायित्व, सामाजिक रितिरिवाज कायम राख्न बिशेष भुमिका खेल्ने भएकोले महायज्ञ हुन जरुरी रहेको चाैधरीले जाेड दिनुभएको थियाे।

त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय महायज्ञबाट सामाजिक सदभाव, अनुसाशन,  समाजमा सकारात्मक सुधार, धार्मिक सामाजिक कायमका लागि महायज्ञले ठुलाे भुमिका खेलेकाे कुरामा जाेड दिनुभएको थियाे।

महायज्ञ तथा कलशयात्रामा नेपाली काङ्ग्रेस महासमिति सदस्य अनिल गाैड, वडा नं ४ कार्यबाहक अध्यक्ष सुर्य नरायण यादव, कार्यपालिका सदस्य चन्दा चाैधरी, बुद्धज्याेति प्रा.बि का प्र.अ बिनाेद पाण्डे, समाजसेवी राजु यादव, बासुदेव सहानी, रघुबर हजाम, उत्तम इट्टा उद्योग हात्तिवनका टिकाराम अाचार्य, समाजसेवी अाशा कण्डेल, चन्दा कण्डेल, अम्बिका इङ्गलिस बाेर्डिङ स्कुल शिक्षक राजु यादव, नर्भेकी यमुना अदिति, राेशन ज्याेति इङ्गलिस बाेर्डिङ शिक्षक नगेन्द्र यादव लगाएत विभिन्न बिद्यालयका बिद्यार्थी, समाजसेवी, स्थानीय बासिन्दा तथा मंगलापुर गाउँबासिकाे सहभागीतामा कलशयात्रा सुभारम्भ भइ सम्पन्न भएको हाे।

मंगलबार देखि सन्चालन भइ २९ गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञ ५०० भन्दा बढी संख्यामा बिशाल कलशयात्रा मंगलापुर रामजानकी मन्दिर हुदै हातिबन, गाेबरहिया, बडहरा हुदै पुर्नहा रामजानकी मन्दिर मंगलापुर अाइ कलशयात्रा सम्पन्न भएको महायज्ञ संयाेजक जनमेजय यादवले जानकारी दिनुभएको छ ।

माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम ,प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम ,प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम,प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम,प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम ,यज्ञ समापन माघ २९ गते तथा प्रसाद बितरण कार्यक्रम फाल्गुन १ गते हुने महायज्ञ संयाेजक यादवले जानकारी दिनुभएको छ ।

अचार्य जि बिनाेद पाण्डेले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।