उमेश बि.क / नवलपरासी, ८ माघ
नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञ अाजदेखि सुरु भएको छ।
पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिकाे संयुक्त अायाेजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् राममजानकी मन्दिर निर्माणका लागि महायज्ञ सुरु गरिएको हाे।
महायज्ञका संयाेजक जनमेजय यादवकाे संयाेजकत्वमा तथा सरावल गाउँपालिका उपप्रमुख उतमा रायकाे प्रमुख अातिथ्यतामा एवम वडा नं ४ वडा अध्यक्ष छाेटेलाल यादवको बिशिस्ट अातिथ्यतामा कलशयात्रा तथा महायज्ञ सुभारम्भ भएको हाे।
महायज्ञ तथा कलशयात्रामा वडा नं ४ वडा सदस्य सुर्य नरायण यादव,नेपाल रेडक्रस साेसाइटी बालपुरी उपशाखा अध्यक्ष प्रदिप अग्रहरी,बुद्धज्याेति अधारभुत बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष गंगा चाैधरी,बुद्धज्याेति अधारभुत बिद्यालय प्र.अ बिनाेद पाण्डे,समाजसेवी राजु यादव,बासुदेव सहानि ,रघुबर हजाम,सिदार्थ मा.बि गाेबरहिया शिक्षक शिव चाैधरी, अम्बिका इङ्गलिस बाेर्डिङ स्कुल शिक्षक राजु यादव,राेशन ज्याेति इङ्गलिस बाेर्डिङ शिक्षक नगेन्द्र यादव लगाएत विभिन्न बिद्यालयका बिद्यार्थी ,समाजसेवी,स्थानीय बासिन्दा तथा मंगलापुर गाउँबासिकाे सहभागीतामा कलशयात्रा सुभारम्भ भइ सम्पन्न भएको हाे।
अाज देखि सन्चालन भइ १६ गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञ ५००भन्दा बढी संख्यामा बिशाल कलशयात्रा मंगलापुर रामजानकी मन्दिर हुदै हातिबन,गाेबरहिया,बडहरा हुदै पुनह रामजानकी मन्दिर मंगलापुर अाइ कलशयात्रा सम्पन्न भएको महायज्ञ संयाेजक जनमेजय यादवले जानकारी दिनुभएको छ ।
माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम ,प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम ,प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम,प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम,प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम ,यज्ञ समापन माघ १६ गते तथा प्रसाद बितरण कार्यक्रम १७ गते बुधबार हुने महायज्ञ संयाेजक यादवले जानकारी दिनुभएको छ ।
अचार्य जि बिनाेद त्रिपाठीले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।