वृजराज कुशवाहा,
नवलपरासी
भारत उत्तर प्रदेशकाे गाेरखपुर शहर स्थित सेमरा घर बताउने अन्दाजी १० वर्षे बालक किशन विश्वकर्मा पश्चिम नवलपरासीकाे गुठी परसाैनीमा अाज साेमवार फेला परेका छन् ।
बालक घरबाट अाफु अाजै भागेकाे बताएका छन् । जीप चढेर निचलाैल झुलनीपुरकाे बाटाे हुंदै गुठी परसाैनी गाउं पुगेकाे र पिपल बाेट तल बसीरहेकाे अवस्थामा स्थानीयले भेटेपछि अनलाइन जनता डटकमलाइ जानकारी गराएका हुन् ।
स्थानीय प्राथिमक विद्यालय सेमरामा कक्षा ४ मा पढने बताएका छन् । उनका अनुसार उनलाइ पढाउने मैडमकाे नाम स्वेता हाे । उनका एक प्रिय साथीकाे नाम अभिमन्यु र अर्का दिलिप लाेहार हुन् । उनकाे बुवाकाे नाम दुबर्बल लाेहार तथा अामाकाे नाम अञ्जनी बताएका छन् । मामा ब्रह्मा एक फर्निचर पसलमा काम गर्छन् । उनी अाफु ३ भाइ र २ बहिनी रहेकाे बताएका छन् । उनी म घर जादैन भनी रहेका छन् । मलाइ मेराे घर नपुर्याउनुस भन्दैछन् । विस्तृत जानकारीका लागि यस लिंकमा थिच्नुहाेस् ।https://brijraaj.blogspot.com/2019/06/blog-post.html?zx=6eba1fc192ff3371