नवलपरासी
दर्जनकाे ५० रुपैयाँकाे दरमा खेतबाट धमाधम बिक्री भइरहेकाे केराकाे मूल्य अचानक तल झरेपछि नेपाली केरा किसान चिन्तामा परेका छन् । केराकाे मूल्य घट्नुकाे पछाडि भारतीय केरा नै कारक रहेकाे नवलपरासीका केरा किसानहरुले बताएका छन् ।
भन्सार भएर भारतीय केरा नेपाली बजारमा आउन थालेपछि नेपाली उत्पादक किसानहरु मर्कामा परेका हुन् । भारतीय केरा नेपाली बजारमा सस्ताेमा बिक्री हुने भएकाले नेपाली केराकाे बजार खस्केकाे बताइएकाे छ । जसले खेतमा तयार भएका केरा बिक्री हुन नसकेको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताएका छन् ।
भारतबाट आयात हुन थालेपछि किसानहरुले भारतीय केरासँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको बताउँदै यादवले भारतीय केराकाे आयात रोक्न माग गरेका हुन् । नेपाली उत्पादनले नै बजार धान्ने दाबी गर्दै अध्यक्ष यादवले भारतबाट आउने केरा रोक्नु पर्ने माग अगाडि सारेका छन् ।
बजारीकरणकाे उचित व्यवस्था तथा भारतबाट आउने केराको आयात रोक्न संघले सुस्ता गाउँपालिका र प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएर समस्या समाधानको माग गरिएकाे छ ।