-11.6 C
New York
Tuesday, January 21, 2025

Buy now

spot_img
spot_img

भारतसँगको सम्झौताबारे एमालेको धारणा के छ ?

spot_img
spot_img

भारतसँग के कस्ता सहमति र सम्झौता भए उक्त विषयबारे स्पष्ट पार्न एमालेले माग गरेको छ।

काठमाण्डाैं । एमालेले भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सम्झौता र सहमतिबारे सरकारले प्रतिपक्षसँग परामर्श नगरिएको भन्दै आपत्ति जनाएको छ। महासचिव पोखरेलले राष्ट्रिय मुद्दाको सबालमा सरकार एक्लै अघि बढ्न खोज्नु गलत रहेको बताए। ‘भारतीय विदेशमन्त्री (एस. जयशंकर) आउँदा नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सत्ता पक्षले प्रतिपक्षसँग परामर्श गरेन’, उनले भने, ‘राष्ट्रियताबारेमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिने काम नगरेर गल्ती गरेको छ।’

सम्झौता के कस्ता सहमति र सम्झौताको बारे स्पष्ट पार्न माग गरेको उनले बताए। उनले थपे, ‘दुई देशको संयुक्त आयोगको बैठकमा के के छलफल र सम्झौता भए भन्नेमा प्रतिपक्षसँग परामर्श नगरिएको प्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ। राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपथ्र्याे।’

महासचिव पोखरेलले बजेटरी प्रणालीलाई कमजोर पार्ने हिसाबले कुनै काम हुनु नहुने बताए। वैदेशिक सहायता वैदेशिक प्रणालीभित्रै हुनुपर्ने पार्टीको मान्यता रहेको उनको भनाइ छ। उनले भारतसँग भएका सम्झौताका विषयमा प्रश्न उठाएका छन्। ‘के के विषयमा सहमति सम्झौता भएका छन् ? तिनलाई स्पष्ट पारियोस्’, उनले भने, ‘प्रतिपक्षीसँग छलफल नगरी चालिने यस्ता कदमले समस्या ल्याउन सक्छ।’ महासचिव पोखरेलले संयुक्त आयोगको बैठकबाट भारतले नेपालका परियोजनामा सीधै २० करोड खर्च गर्ने गरी गरेको सहमतिबारे पनि प्रश्न उठाए।

उनले कुनै पनि देशको आर्थिक सहयोग नेपालको बजेटरी प्रणाली प्रभावित पार्ने खालको हुन नहुने बताए। ‘नेपालको बजेटरी प्रणालीलाई प्रभावित गर्ने गरी कुनै काम हुन हुँदैन’, उनले भने, ‘वैदेशिक सहायता नेपालको बजेटरी प्रणालीमा हुनुपर्छ। नेपालको बजेटरी प्रणालीलाई प्रभावित गर्ने गरी कुनै निर्णय नहोस्।’

सर्लाहीको घटनाको विषयलाई एमालेले गम्भीर रूपमा लिएको जनाएको छ। त्यहाँ एक जनाको मृत्यु भएको छ। सत्तापक्षका अराजक क्रियाकलापबाट त्यो घटना भएको एमालेको आरोप छ। सत्ताबाट अकर्मण्यता, अराजकताबाट यो घटना भएको एमालेले बताएको छ। जनप्रतिनिधिले निर्वाध रूपमा काम गर्ने वातावरण उपलब्ध गराउन पनि एमालेले माग गरेको छ। 

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme