-9.3 C
New York
Tuesday, January 21, 2025

Buy now

spot_img
spot_img

भारतले प्रदान गर्याे भारतीय रू. १० कराेड बराबरकाे सहयाेग सामाग्री

spot_img
spot_img

भारतले भुकम्प पीडितकाे सहयाेग तथा उद्धारका लागि भारतीय १० करोड रुपैया बराबरकाे पहिलाे खेपकाे राहत सामग्री नेपाललाइ हस्तान्तरण गरेकाे छ ।

भारतीय राजदूत नवीन श्रीवास्तवले अाइतवार जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रका लागि करिब ११ टन राहत सामाग्री सहितकाे पहिलाे खेप नेपालका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई नेपालगञ्ज विमानस्थलमा हस्तान्तरण गरेका हुन्।

यी आपतकालीन राहत सामाग्रीमा भूकम्प प्रभावितहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधि रहेका छन्।

ती राहत सामाग्री नेपाल मेडिकल एसोसियसनको आग्रहमा भारतीय राजधानी नयाँ दिल्लीबाट पठाइएको श्रीवास्तवले बताए। उनले भने, याे राहतकाे पहिलाे खेप हाे, यस लगत्तै भारतबाट सोमबार पनि यसै परिमाणको राहत सामाग्री बोकेर अर्को जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने छ।

सोमबार पनि टेन्ट, स्लिपिङ ब्याग र म्याटसहितको राहत सामाग्री आउने उनले जानकारी दिएका छन् । भारतीय दूतावासका अनुसार पहिलो खेपमा भारतीय १० करोड रुपैया बराबरको आपतकालीन राहत सामाग्री आएको हो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme