3.9 C
New York
Monday, January 20, 2025

Buy now

spot_img
spot_img

भारतकाे १ कराेड ९२ लाखकाे सहयाेगमा काठमाडौंमा विद्यालय भवन

spot_img
spot_img

काठमाडौं –  भारत-नेपालः विकासका साझेदार कार्यक्रम अन्तरगत विद्यालय भवनको उदघाटन गरिएको छ । 

भारत सरकारको नेपाली रुपैयाँ  १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप-प्रमुख  प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले आज संयुक्त रुपमा उद्घाटन गरी औपचारिक रुपमा हस्तान्तरण गर्नुभयो ।

सो उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

भारत सरकारले नेपालमा विभिन्न विद्यालयको भवनमा सहयोग गर्दै आएको छ । भारत -नेपाल सहयोग अन्तरगत देश भरीका अलग – अलग जिल्लामा भारत सरकारले नेपालीहरुको  उच्च शिक्षा प्रदान होस भनी विद्यालयको भवन शिक्षा सामाग्री सहित  सहयोग गर्दै आएको छ । 

     

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme