नवलपरासी । भन्सार राजश्व छलेर नेपाल भित्र्याइएका ५ लाख ५ हजारकाे मालसामानहरू प्रहरीले नियन्त्रणमा लिइ कारवाही चलाएकाे छ ।
चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको कपडा तथा सामान र अटो चालक समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको नवलपरासी जिल्ला प्रहरीले जनाएकाे हाे । घटना सम्बन्धी निम्न विवरण प्रहरीले सार्वजनिक गरेकाे छ ।
इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले बैशाख १७ गते सुनवल नगरपालिकाकाे वडा नं १ देवकोटा चोकबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु १ लाख ९३ हजार ४० बराबरकाे कपडा तथा इलेक्ट्रोनिक सामान बरामद गरिएकाे हाे ।
त्यस्तै, इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले १७ गते पाल्हीनन्दन गाउँपालिका वडा नं १ महेशपुर चोकबाट अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रू. ३ लाख १२ हजार ५ सय बराबरको सलको कपडा तथा अटो नियन्त्रणमा लिइ अटो चालक समेतलाइ पक्राउ गरि कारवाही चलाएकाे छ ।