2.9 C
New York
Friday, January 16, 2026

Buy now

spot_img
spot_img

“भगवान भ्रम हो”: धर्म, अन्धविश्वास र विज्ञानबारे कठोर प्रश्न

- Advertisement -

पुस्तक समीक्षा समाचार

✍️ सत्यजीत

विश्वप्रसिद्ध जीवविज्ञानी तथा लेखक रिचर्ड डकिङ्स (Richard Dawkins) को चर्चित कृति The God Delusion (‘भगवान भ्रम हो’) ले धर्म र अन्धविश्वासप्रति गहिरो प्रश्न उठाएको छ। २००६ मा प्रकाशित यो पुस्तक विश्वकै बढी बिक्री हुने पुस्तकहरूमध्ये एक हो र यसले विश्वव्यापी बहस उत्पन्न गरेको छ।

डकिङ्सले आफ्नो पुस्तकमा भगवानलाई “स्रष्टा, सर्वशक्तिमान, सर्वव्यापी र नैतिकताको स्रोत” को रूपमा परिभाषित भए पनि यसलाई असिद्ध परिकल्पना ठहराउँछन्। उनी भन्छन्– “धर्मले मानिसलाई डर र दोषको जालमा बाँध्छ, जसले स्वतन्त्र सोच र आलोचनात्मक विवेकलाई कमजोर बनाउँछ।”

यस पुस्तकमा:

  • प्रथम कारण (Cosmological argument), डिजाइनको तर्क (Teleological argument)नैतिकताको तर्क जस्ता परम्परागत धार्मिक तर्कहरूलाई वैज्ञानिक आधारमा खण्डन गरिएको छ।
  • डार्विनको विकासवाद (Evolution) ले जीवन कसरी सरल स्वरूपबाट जटिल स्वरूपमा विकास हुन्छ भन्ने कुरा स्पष्ट पारिसकेको बताइन्छ।
  • नैतिकता कुनै “अलौकिक आदेश” होइन, बरु मानव समाज र सहअस्तित्वबाट विकास भएको मूल्य हो भन्ने धारणा प्रस्तुत गरिएको छ।
  • धर्मलाई शासक र शक्तिशाली वर्गले सामाजिक नियन्त्रण र जनतालाई आज्ञापालनमा राख्ने औजारको रूपमा प्रयोग गर्ने गरेको विश्लेषण गरिएको छ।

डकिङ्सले धर्मले प्रेमभन्दा बढी हिंसा, विभाजन र असहिष्णुता जन्माएको तर्क गर्दै उदाहरणका रूपमा क्रुसाड युद्धदेखि लिएर जातीय-धार्मिक द्वन्द्वसम्म उद्धृत गरेका छन्। बालबालिकामाथि धर्मको थोपथापलाई उनी “मानसिक दुरुपयोग” जस्तै मान्छन्।

नेपाली समाज सन्दर्भमा पनि पुस्तकले सान्दर्भिक प्रश्न उठाउँछ। जातीय विभाजन, धार्मिक व्रत-उपवास, पूजा-पाठ वा उत्सवहरू केवल सांस्कृतिक अभ्यास नभई कहिलेकाहीँ सामाजिक असमानता र शक्ति संरचना कायम राख्ने औजारका रूपमा प्रयोग हुने गरेको देखिन्छ।

डकिङ्सको निष्कर्ष स्पष्ट छ– धर्म र अन्धविश्वास मानव स्वतन्त्रता र प्रगतिका बाधक हुन्। वास्तविक मुक्तिको मार्ग भनेको वैज्ञानिक सोच, तथ्यमा आधारित निर्णय र आलोचनात्मक विवेक हो।

यसरी, “भगवान भ्रम हो” केवल नास्तिकताको घोषणापत्र मात्र होइन, प्रगतिशील चेतना र सामाजिक रूपान्तरणका लागि मार्गदर्शन पनि हो। सत्यजितकाे फेशबुकबाट समिक्षात्मक

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme