उमेश वि.क / सरावल , २५ मंसिर
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ९ बेलाटारीमा ब्यवसायिहरुलाई ब्यवसाय प्रवर्द्वनका लागि सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
युनाइटेड मिसन टु नेपालकाे सहयोगमा तथा बिकल्पकाे अयाेजनमा प्रतापपुर गाउँपालिका वडा नं.६,७ र ८ का अति बिपन्न १० जनालाई ब्यवसाय प्रवर्द्वन तथा ती ब्यक्तिहरुकाे जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउने उद्देश्यले साे सामग्री बितरण गरिएको हाे।
साे सामग्री बितरणले खासगरी लक्षित समुदाय जस्तै बाढी प्रकोपबाट प्रभावित घरदुरी,आर्थीक अवस्था कमजोर भएका,गाँस, बास र कपासको समेत समस्या रहेको अति बिपन्न बस्तीमा सिपमुखि र अाय अार्जन तथा अात्मनिर्भर कार्यमा टेवा पुग्ने स्थानियहरुले बताएका छन ।
गत साउन महिनामा गएको ठुलो बाढीबाट भएको क्षतिमा त्यहाँका ब्यक्तिहरुले निकै सास्ती भाेगेकाेले युनाइटेड मिसन टु नेपालकाे सहयोगमा बिकल्प नवलपरासी द्वारा सन्चालित तराई बाढी पुन:लाभ कार्यक्रमबाट त्यहाका ब्यक्तिहरुकाे जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउनकाे लागि विभिन्न कार्यक्रमहरु सन्चालन गर्दै अाइरहेकाे छ।
ब्यवसायिहरुलाई ब्यवसाय प्रवर्द्वनका लागि सामग्री वितरण कार्यक्रम बिकल्पकि अध्यक्ष कबिता ज्ञवालीकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको प्रमुख अातिथ्यता रहेको थियो।
कार्यक्रममा बाेल्दै प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माले युनाइटेड मिसन टु नेपालकाे र बिकल्प गरेको कामप्रति अाफु धेरै खुसि रहेकाे र यहाँका स्थानीय जनताकाे जिवनस्तर उकास्न र अात्मनिर्भर बनाउनमा बिशेष सहयाेग भएकोले सहयाेग पाएकाे ब्यक्तिहरु केही गरेर देखाउन पर्छ र गाउँपालिकाबाट चाहिने सहयोग र साथका लागि अाफु हमेशा तयार रहेकाे कुरामा जाेड दिनुभएको थियाे।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अन्जु चाैधरी, युनाइटेड मिसन टु नेपालकाे कलस्टर काेडिनेटर नवीन मुक्ताङ,वडा नं. ६ वडा अध्यक्ष राम हरि उपाध्याय ,वडा नं. ७ वडा अध्यक्ष हरेन्द्र प्रसाद यादव ,वडा नं. ८ वडा अध्यक्ष कादिर अलि अन्सारी , युनाइटेड मिसन टु नेपालकाे कार्यक्रम अपिसर सुरज सुनार,परियोजना अधिकृत चेतनराण चाैधरी,फिल्ड अपिसर रामनगिना गुप्ता , सपना खड्का ,कमला फुल्देल लगाएतले बाेल्नुभएकाे थियाे।
ब्यवसायिहरुलाई ब्यवसाय प्रवर्द्वनका लागि अतिबिपन्न १० जनालाई किराना सामग्री तराजु,ढक , १ बाेरा नुन ,च्याउच्याउ,खाने सामग्री,कुर्सी,ब्रेन्च र अन्य सामग्री त्यस्तै ब्यउटिसियन गर्नेलाई १थान हुइलकुर्सी ,अाइना कपडा ,काइयाे कर्सि,ब्रेन्च,पाउडरहरु,साेकेस ,अन्य अाैजारहरु त्यस्तै नाइलाई हुइलकुर्सी,ब्रेन्च ,अाइना कपडा ,काइयाे,कैँची ,पाउडरहरु,र अन्य सामग्रीहरु त्यस्तै चिया पसल गर्नेलाई कुर्सी ,टेबल,ब्रेन्च,साेकेस,अावश्यक पर्ने भाडा र अन्य सामग्री त्यस्तै मासु काट्नेलाई,दाउ,ग्यास,चुलाे, ब्रेन्च ,टेबल,कुर्सी, कपडा ,तराजु ,ढक र अन्य सामग्री हस्तान्तरण गरिएको छ।