बेपत्ता पुरुषको शव गण्डक नहरमा

6

सहबान अन्सारी, कार्तिक ४ ।

नवलपरासीको प्रतापपुर गाऊपालिका स्थित गण्डक नहरमा बेपत्ता पुरुषको शव मृत अवस्थामा आज भेटिएको छ ।

सुस्ता गाऊपालिका वडा नं. ३ सेखुअनवा बस्ने अन्दाजी ६५ बर्षिय रामबृृक्ष हरिजन एक हप्ता पहिला गाऊँ नजिकै गण्डक नहरमा वेपत्ता भएका थिए ।

बेपत्ता भएका पुरुषको पश्चिम गण्डक नहरमा पानीको सतह कम गरी प्रहरीले खोजी कार्य तिब्र गरेपछि आज प्रतापपुर गाऊपालिका वडा नं ७ गुठी सुर्यपुरामा गण्डक जल बिधुत केन्द्रको कर्मचारीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सवलाई नियन्त्रणमा लिई थप अनुसंधान तथा शवलाई पेस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल परासी पठाईएको प्रहरीले जनाएको छ ।