वृद्ध भत्ता नदिएकाे भन्दै वडा कार्यालयमा तालाबन्दी

27

नन्दु यादव, बैशाख २ नवलपरासी ।

वृद्ध भत्ता वितरण नगरेकाे भन्दै नवलपरासी जिल्लाकाे एक स्थानीय तहकाे वडा कार्यालयमा अाज तालाबन्दि गरिएकाे छ । ताला लगाएपछि वडाकाे सबै कामकाज ठप्प बनेकाे छ ।

सामाजिक सुरक्षा भत्ता अन्तर्गतकाे बृद्ध भत्ता, जेष्ठ नागरिक भत्ता र एकल महिला भत्ता विगत ५ महिनादेखि वितरण नगरिएका कारण तालाबन्जदी गरिएकाे जनाइएकाे छ । भत्ता नपाएका पीडितहरूकाे तर्फबाट गएकाे एक समुहले वडा सचिव कक्ष, वडा अध्यक्ष कक्ष र प्रशासन कक्षमा ताला लगाएकाे हाे ।

तालाबन्दीका कारण कामका लागि वडा कार्यालय पुगेका सेवाग्राहीहरू सेवा नपाइ फर्किनु परेकाे छ । अाफुहरुकाे माग पूरा नभएसम्म ताला नखाेलिने स्थानीय रामपृत यादवले बताउनु भयाे । गाउपालिकाकाे अन्य वडामा हप्ताै अघि भत्ता बितरण गरिसकेकाे र यहा नदिएकाे कारण ताला लगाउन बाध्य हुनु परेकाे दावी गरिएकाे छ ।

गाउंपालिकाकाे लेखापाल बिरामी भइ बिदामा बसेकाले ढिलाइ हुन गएकाे गाउंपालिकाका प्रशासकिय प्रमुख बाेधराज बस्यालले जानकारी दिनुभयाे । उहाले लेखापाल अफिस अाउने बितिकै भत्ताकाे रकम वडालाइ उपलब्ध गराउने बताउनु भयाे ।

तालाबन्दी प्रतापपुर गाउपालिकाकाे वडा न ५ काे वडा कार्यालयमा अाइतवार तालाबन्दी गरिएकाे हाे । गाउंपालिकाकाे लेखापाल विरामी परेर उपचारका लागि विदा बसेकाे खबर थाहा पाउनुका बावजुद पनि राजनीतिक पुर्वाग्रह राखी विपक्षी दलका केही व्यक्तिहरूले कार्यालयमा तालाबन्दी गरेर सेवाग्राहीकाे काम ठप्प पारेकाे वडाध्यक्ष त्रिभुवन सिंहले बताउनु भयाे ।