बिपद जाेखिम न्युनिकरण तथा जलवायु अनुकुलन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न

57

उमेश वि.क/ बैशाख १३

नवलपरासीको सरावल गाउँपालिका अवस्थित वार्ड नं.३ सरावल गाउँपालिकाे हलमा अाज बिपद जाेखिम न्युनिकरण तथा जलवायु अनुकुलन सम्बन्धि अभिमुखिकरण तालिम सम्पन्न भएकाे छ ।

सरावल गाउँपालिकाकाे आयोजना तथा बिकाश तथा प्रकाेप ब्यवस्थापन केन्द्र नेपाल .(सिडियम)काे सहयोगमा उक्त बिपद जाेखिम न्युनिकरण तथा जलवायु अनुकुलन सम्बन्धि अभिमुखिकरण तालिम स्थानीय बिपद तथा जलवायु उत्थानशिल ब्यवस्थापन समन्वय समितिकाे लागि सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा अाज सम्पन्न गरिएको हो ।

कार्यक्रममा जलवायु परिवर्तनको अवधारणा, कारण, प्रभाव तथा अनुकुलन प्रकृया, जलवायु परिवर्तन अनुकुलन, सरकारका निति नियम, संलग्न निकाय, तहगन अनुकुलन योजना, बिपद ब्यवस्थापन, नितिनियम, स्थानीय स्वायत्त शासनले गरेका ब्यवस्था, स्थानीय बिपद ब्यवस्थापन योजना र त्यसका चरण,जलवायु परिवर्तन र बिपत ब्यवस्थापनका बारेमा स्थानीय अनुकुलन योजनामा समावेसन गर्ने योजना र प्रकृया लगाएका बिषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै सरावल गाउँ पालिका अध्यक्ष चाैधरीले नेपाल प्रकोपका दृष्टिले बहुजोखिमयुक्त क्षेत्र हो । मुख्यतया बढी नेपालमा पहिरो, डुबान, भूकम्प, चट्याङ, आगलागी, शीतलहर, हिमताल बिस्फोट, हिमपहिरो आदि प्रकोपबाट वर्षेनी ठूलो जनधनको क्षति हुने गरेको छ ।

नेपाल भूकम्प र बाढीबाट बढी क्षति पुग्ने देश पनि हाे तसर्थ पुर्ब तयारी हुन जरुरी छ भन्ने कुरामा जोडे दिएका थिएन । तालिमको सहजिकरण बिकाश तथा प्रकाेप ब्यवस्थापन केन्द्र नेपालका बिजय सिंह ठकुरी र अमृता अधिकारीले गर्नुभएको थियाे। तालिममा सरावल गाउँपालिका अन्तर्गतका ३५ जना महिला पुरुषहरुकाे सहभागीता रहेकाे थियो ।