उमेश वि.क / सरावल , २ असाेज
नवलपरासीको सरावल गाउँपालिका २ मा अवस्थित जनता मा.बि मनरीकाे प्रांगणमा अाज निशुल्क बिद्यालय अाँखा स्वास्थ कार्यक्रम सम्पन्न गरिएको छ ।
नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावलकाे आयोजनामा र बिनाेद निता कण्डेल अाँखा अस्पताल परासीकाे सहयाेगमा निशुल्क बिद्यालय अाँखा स्वास्थ कार्यक्रम अन्तर्गत बिद्यार्थी अाँखा जाँच कार्यक्रम जनता मा.बि मनरीमा सम्पन्न गरिएको हाे । जनता मा.बि मनरीका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दृग नरायण लाेनियाको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे प्रमुख आतिथ्यतामा निशुल्क बिद्यालय अाँखा स्वास्थ कार्यक्रम सम्पन्न गरिएको हाे।
कार्यक्रममा बाेल्दै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले आँखा शरीरको महत्वपूर्ण अंग हो जुन दृष्टिको काममा आँउछ। र यी दृष्टि बिना संसार अन्धकार छ ।
ग्रामीण स्तरमा रहेका बिद्यालयका बालबालिकाहरुका लागि आँखा शिबिर संचालन गरिएको स्रहनिय कार्य रहकाे छ। र सरावल गाउँपालिकामा उत्थानशील गाउँ प्रवद्र्धन तथा सहभागिता कार्यक्रम र विभिन्न कार्यक्रम संचालन गरीरहेको र आँखा परिक्षणले गर्दा भविष्यमा आइपर्न सक्ने विपद्हरुबाट बिद्यार्थीहरुलाई सुरक्षित बनाउन सकिने कुरामा जोड दिनुभएकाे थियो ।
बिद्यार्थी अाँखा जाँच कार्यक्रममा ७ सय ५१ जना बिद्यार्थीहरुलकाे आँखाको चेकजाँच गरिएकाे छ । जसमध्ये १ सय ५१ जनाको दृष्टि कमजोर लगायतका बिरामीको उपचार गरिएको छ । अाँखा जाँच बिनाेद निता कण्डेल अाँखा अस्पताल परासीका प्राबिधिक सहायक डा. सुमन यादवले गर्नुभएको हो ।
उक्त बिद्यालय अाँखा स्वास्थ कार्यक्रममा नेपाल रेडक्रस साेसाइटी देवगाव उपशाखा मनरी सरावलकाे अध्यक्ष रामउग्रह यादव ,जनता मा.बि का प्र.अ.प्रदिप चाैधरी , रेडक्रसका सदस्य रमेश गिरी, लंका पुरी लगाएतले बाेल्नुभएकाे थियो ।
पछिल्लाे अपडेट: २०७५ असाेज ४ गते ४:४८pm