बिदेशमा कमाएको धन समाज सेवामा, लुम्बिनीकी चेली अष्ट्रेलियामा ख्याती

8
बिज्ञापन

बिन्दु कुमार चौहान
लुम्बिनी १२ कार्तिक ।

आफनै परिवारको लालनपालन तथा निजी स्वार्थका लागि देशका युवाहरु बिदेशिने क्रम बढिरहेको बेला बिदेशमा कमाएको पैसाबाट शारिरीक आशक्त तथा बृद्धबृद्धाहरुलाई सेवा गर्ने मान्छे बिरलै होलान् ।
तर लुम्बिनीकी चेली पुनिता यादवले अष्ट्रेलियामा ख्यातीमात्र नकमाई बिदेशमा कमाएको पैसाले पाँचजना शारिरीक आशक्तहरुलाई हवीलचेयर तथा डेढ सय कम्बल प्रदान गरि उदाहरणका पात्र बनेकी छन ।
दक्षिण अष्ट्रेलिया स्थित अक्सफोर्ड अस्पतालमा नर्स असिष्टेन्टको रुपमा कार्यरत लुम्बिनी साँस्कृतिक नगरपालिका भुजहिया गाँउ बस्ने २७ बर्षीया पुनिता यादवले आफनो स्वर्गीय पिता दयाराम यादवको स्मृतिमा दयाराम हेल्पफाउण्डेशन खडा गरि बिदेशमा कमाएको पैसा लुम्बिनी वरिपरिका बिपन्न परिवारलाई माथि उकास्न शिक्षा ,स्वास्थ्य तथा आयआर्जनमा टेवा पुरयाउने बताईन ।
उनले बिदेशमा रहेका युवाबर्ग आफनो नितान्त जीवन यापनका लागि मात्र नभई समाज बिकासका लागि आर्थिक सामाजिक रुपमा सक्दो सहयोग गरेमा आवश्य नै सामाजिक रुपान्त्रण हुने बिश्वाश ब्यक्त गरिन ।
सामाजिक अभियन्ता यादवले लुम्बिनी जस्तो ठाँउमा बिरामी बोक्ने एम्बुलेन्स सेवा नहुदा बिरामीहरुलाई अस्पतालमा नपुग्दै ज्यान गुमाउनु पर्ने बाध्यता अन्त गर्न आफू पुन ः बिदेशबाट कमाएको पैसाले एम्बुलेन्स समेत संचालन गरि बाबू दयाराम यादवको अधुरो सपना पूरा गर्ने बताईन ।
एक अर्काको खुट्टा तान्ने ठाँउमा एउटी मधेशको चेली पुनिताले एक्लै समाजलाई अगाडी बढाउने सपना बोकेर अघि बढेको हुदा उनलाई हौसला प्रदान गर्न समाजका बिद्वत बर्गले सहयोग गर्न आवश्यक रहेको रुपन्देही प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताए ।
रुपन्देही प्रहरी प्रमुख ज्ञवालीले गंगटोको धेरै खुट्टा भएको कारण अर्को गंगटोलाई एउटै खुट्टाले तान्ने प्रबृति भन्दा समाजलाई अगाडी बढाउन कमिला जस्तै सामुहिक रुपमा कार्य गरि समाज परिवर्तन गर्नुपर्ने जिकिर गरे ।
सो अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले लुम्बिनी देखि अष्ट्रेलिया सम्म ख्याती प्राप्त लुम्बिनीकी चेली पुनिता जस्तै सम्पूर्ण युवाबर्गले लुम्बिनीको समग्र बिकासका लागि अघि बढेमा नगरपालिकाको तर्फ बाट भरपूर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
लुम्बिनी नगर प्रमुख चौधरीले तपाईहरु योजना ल्याउनुस पैसा आफूले लुम्बिनीको समग्र बिकासका लागि जहाँ बाट भए पनि खोजेर ल्याउने नगरबासीलाई आहवान समेत गरे ।

Advertisement
Advertisement