उमेश वि.क, नवलपरासी ।
फाल्गुन २१ । नवलपरासीको प्रतापपुर गाउँपालिका २ गाेपिगन्जमा १ दिने सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ ।
बिकल्प नवलपरासीको आयोजना र युनाइटेड मिसन टु नेपालको सहयोगमा उक्त तालिम प्रदान गरिएको छ । नारायणी समुहकी अध्यक्ष उमा पंगेनीकाे अध्यक्षतामा तथा विकल्पको कृषि प्राबिधिक रामनगिना गुप्ताको प्रमुख आतिथ्यतामा १ दिने सेनेटरी प्याड बनाउने तालिम अाज सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कृषि प्राबिधिक गुप्ताले सेनेटरी प्याड निर्माण तालिम अहिलेको अवस्थामा महिला दिदिबहिनीहरुको लागि अति आवश्यक रहेको बताउनुभयो । यसलाई ब्यवसायिक रुपमा निर्माण गरियो भने स्वास्थ्यकाे लागि लाभदायक सस्तो सुलभ र अार्थिक स्तरमा वृद्धि गर्ने कार्यमा बिशेष भुमिका खेल्दछ ।
तालिममा सहभागी सम्पूर्ण जनालाई बजारकाे प्याड भन्दा अाफै बनाएर अाफु तथा अाफ्नाे छाेरी बुहारीलाई चाहिने प्याड प्रयाेग गर्ने गराउने भन्ने कुरामा जोडे दिएका थिए । सो तालिममा बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिका गरी ३० जनाको सहभागीता रहेको थियो ।
तालिमको प्रशिक्षण बिकल्पका स्वास्थ्य परिचालिका कमला फुल्देल र मन्जु चाैधरीले गरेका थिए ।