सहबान अन्सारी ( नवलपरासी)
नललपरासीको सुस्ता गाऊपालिका वडा नं. ५ बलिनगर बि.पी.मा.वि मा बाल बिवाह तथा महिला हिसां सम्बन्धी हाजिरी जवाफ प्रतियोगीता आज बुधवार सम्पन्न भएको छ ।
उज्जवल संबाद केन्द्र बलिनगरको आयोजना तथा ए.बि.सी. नेपालको सहयोगमा भएको कार्यक्रममा बि.पी मा. वि. का प्रधानाध्यापक भागवत प्रसाद केवटको अध्यक्षता तथा वडाध्यक्ष प्रभु नाथ यादवको प्रमुख अथित्यतामा सञ्चालन भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले विद्यार्थीहरुको क्षमता अभिबृदिको लागि यस्तो प्रतियोगीता हुन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा रामनगर प्रहरी चौकीका ईन्चार्ज लिल बहादुर बिक, ए.बि.सी.नेपालका सि.बि.एम.संजित शर्मा, धर्मेन्द्र जाय़सवाल, पुजा हरिजन, लगायतहरुको उपस्थिति रहेको थियाे ।
कार्यक्रमको संचालन बिना कुमारी गाहा मगरले गर्नु भएको थियो । उक्त प्रतियोगितामा उज्जवल संवाद केन्द्र बलिनगरले (प्रथम), वि.पी. माबि बलिनगर (दोस्रो) र सप्तरंगी संवाद केन्द्र (तेस्रो) स्थान हासिल गरेका थिए ।
विजेता भएका टिमलाई कापी, कलम, बितरण गरिएको थियो । प्रतियोगितामा जम्मा १० वटा टिमको सहभागिता रहेको अायाेजकले जनाएकाे छ ।