2.2 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

बाबा गाेरिया सामुदायिक वन उपभोक्ता समूहको १०औँ साधारणसभा सम्पन्न

- Advertisement -

बर्दघाट, १५ मंसिर ।

बाबा गाेरिया सामुदायिक वन उपभोक्ता समूह, सुनवल नगरपालिका–११ केरवानी, पश्चिम नवलपरासीले “हरियो वनः नेपालको धन” भन्ने मूल नाराका साथ आफ्नो १०औँ साधारणसभा सोमबार कार्यालय परिसरमा सम्पन्न गरेको छ।
समूहका अध्यक्ष पुरुषोत्तम पाण्डेयको अध्यक्षता तथा जिल्ला वन डिभिजन कार्यालय नवलपरासीका कार्यालय प्रमुख राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो।
प्रमुख अतिथि क्षेत्रीले कार्यक्रममा बोल्दै, वनबाट रोजगारी, समृद्धि र दिगो विकास हासिल गर्ने लक्ष्य सहित नै वर्तमान वन नीति अघि बढेको बताउनुभयो। सोही अनुरूप वनलाई व्यवस्थित र दिगो रूपमा व्यवस्थापन गर्दै अगाडि बढ्ने कार्यविधि कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो। उहाँले आवश्यक सम्पूर्ण वन पैदावार आन्तरिक रूपमा नै सहज रूपमा प्राप्त गर्ने र आवश्यकता भन्दा बढी उत्पादन भएमा मात्र बाहिर बिक्री वितरण गरिने नीति लिइएको जानकारी पनि दिनुभयो। साथै, गत वर्षदेखि ‘दिगो वन व्यवस्थापन तथा दिगो वन संवर्द्धन प्रणाली’ अन्तर्गत स्वीकृत कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको र यसबाट वन उत्पादन बढाउन कार्यालय निरन्तर क्रियाशील रहेको बताउनुभयो।
साधारणसभामा अध्यक्ष पाण्डेयले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, कुनै पनि तलब–भत्ता नलिई अनेकौं कठिनाइ भोग्दै वन संरक्षणमा निरन्तर खटिएका समिति, उपसमिति तथा केही सक्रिय सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो। साथै, समुदायमा विभिन्न टीका–टिप्पणी गर्ने र मनपरी ढंगले दाउरा हिनामिना गरिएको भन्ने शंकालु व्यवहार हटाई हातेमालो गरेर सहकार्य गर्न सबैलाई आग्रह गर्नुभयो।

सभामा सामुदायीक वन उपभोक्ता माहासंघ नेपाल केन्द्रीय सदस्य कमल परियार, स्थानिय वन उपभोक्ता माहासंघका उपाध्यक्ष धन प्रसाद तिवारी,  वडेरा सामुदायीक वन समुहको अध्यक्ष मदन पन्थ, डम्बरभार सामुदायीक वन समुहका अध्यक्ष टंक प्रसाद पराजुली, काेटही सामुदायिक वन समुहको अध्यक्ष ईश्वरी जैसी,  लगाएतले साधारण सभाकाे शुभकामना मनव्य व्यक्त राख्नुभएको थियो ।
समूहका कोषाध्यक्ष दिर्घ नारायण अर्यालले आर्थिक वर्ष २०८१/८२ को ३५ लाख ४७ हजार ६ सय ४७ रुपैयाँ ७८ पैसा बराबरको आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। यसैगरी, सचिव सुमित्रा भट्टराईले सोही आर्थिक वर्षका महत्त्वपूर्ण निर्णय तथा गतिविधिहरू समेटिएको सचिवकाे प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।
लेखा समितिका संयोजक लेखनाथ ढकालले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाको हिसाब–किताब र बिल भरपाइको नियमित रुपमा समीक्षा गर्दै, पारदर्शिता कायम गरिएको बताउनुभयो। उहाँले साधारणसभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिका सम्पूर्ण प्रतिवेदनहरू पारित गरेको जानकारी दिनुभयो।
साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष जयराम गुप्ताले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव सुमित्रा भट्टराईले गर्नुभएको थियो।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme