बाबा बर्दगाेरियामा १ हप्तासम्म धार्मिक महाेत्सव मेला हुने

56

उमेश वि.क, नवलपरासी /साउन ३० ।

नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ केरवानीी स्थित बाबा बर्दगाेरिया मन्दिर प्रांगणमा हरितालिका तिज २०७५ काे अवसरमा धार्मिक महाेत्सव सम्बन्धि बृहत छलफल कार्यक्रम अाज सम्पन्न गरिएको छ ।

बाबा बर्दगाेरिया धाम बिकास संस्थाकाे अध्यक्ष नारायण प्रसाद तिवारीकाे अध्यक्षता तथा सुनवल नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष देबिलाल डुम्रेकाे प्रमुख अातिथ्यतामा उक्त धार्मिक महाेत्सव सम्बन्धि बृहत छलफल कार्यक्रम अाज सम्पन्न गरिएको हो ।

सुनवल नगरपालिका वडा नं. ११ केरवानिमा १ हप्तासम्म आयोजना गरिने धार्मिक महाेत्सव मेला भदौ महिनाकाे २० गतेदेखि २७ गते सम्म सञ्चालन हुने छ । महोत्सवको तयारी स्वरुप विभिन्न समितहरु गठन गरिएको छ।

हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड, भगवान शिवको आराधना गरी नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय तीज धर्म र संस्कृति जगेर्ना गर्न धार्मिक महाेत्सव सुरु गरिएको बाबा बर्दगाेरिया धाम बिकास संस्थाकाे अध्यक्ष नारायण प्रसाद तिवारीकाे संयोजकत्वमा १५ सदस्यी मूल समिति र १२ वटा उपसमितिहरु गठन गरिएको छ।

धर्म र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बाबा बर्दगाेरिया धाम बिकास संस्थाकाे आयोजनामा हुन लागेको उत्त धार्मिक महोत्सवमा लाेक दाेहरी प्रतियाेगिता भजन र विभिन्न सांस्कृतिक कार्यक्रम ,भलिबल प्रतियाेगिता ,कुस्ती साथै महोत्सवलाई थप मनोरन्जनात्मक बनाउन विभिन्न कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।