नन्दु यादव, पुस १९ नवलपरासी ।
बाढीका कारण प्रभावित बालबालिकाहरुलाई पाेशाक, ब्याग लगायतका शैक्षिक सामाग्रीहरू भुजहवामा वितरण गरिएकाे छ ।
शिक्षामा सुधारका लागि गैर सरकारी संस्था सिडिएम नेपालका प्रबन्धक धर्मराज घिमिरेकाे अध्यक्षतामा सरावल तथा पाल्हिनन्दन गाउँपालिकामा रहेका ५ वटा बिद्यालयका ८९ जना अति बिपन्न जेहेन्दार बिद्यार्थीहरुलाई साे सामग्री बितरण गरिएकाे हाे ।
विकास तथा प्रकाेप ब्यवस्थापन केन्द्र नेपाल बाढी प्रतिकार्य तथा पुनर्लाभ परियाेजना अन्तर्गत कार्यक्रम सन्चालन गरिएकाे हाे । सिडिएम नेपालकाे अायाेजना तथा कारितास ईन्टरनेशनल कारितास नेपालकाे सहयाेगमा साे सामग्री बितरण गरिएकाे बताईएकाे छ ।
कार्यक्रममा सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चाैधरी, पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष दिपक गुप्ता, उपप्रमुख पबित्रा काेहार, वडा अध्यक्ष हे्यात खान लगायतले अा- अाफ्नाे धारणा ब्यक्त गर्नु भएकाे थियाे ।