मुक्ति तिवारी / नवलपरासी ,२२ पुस
पश्चिम् नवलपरासी को बर्दघाटमा बसले साईकल यात्रुलाई ठक्कर दिदा एकको मृत्यु भएको छ भने अर्का एक ब्यक्ति सामान्या घाईते भएका छन।पश्चिम् बाट पुर्बतर्फ जाँदै अरेको लु २ ख १३६ नं को बसले बर्दघाट प्रहरी कार्यालय नजिकै सोही दिशातर्फ जाँदै गरेको साईकललाई ठक्कर दिदा भारत गोण्डा जिल्ला बलरामपुरका अन्दाजी बर्ष २४ का झल्लर पान्डेको अस्पताल लैजादै गर्दा मृत्यु भएको छ । भने साईकल पछाडी सवार रहेका भारत गोण्डा जिल्ला बलरामपुरकै अन्दाजी बर्ष २४ का मिथुन पान्डे सामान्य घाईते भएको बर्दघाट प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बुद्दी सागर पुरिले जानकारी दिनु भएको छ। बस चालकलाई प्रहरिले नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ।