25.9 C
New York
Wednesday, July 15, 2026

Buy now

spot_img
spot_img

बर्दघाट नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, करदेखि विकास निर्माणसम्मका गुनासा उठे

spot_img
- Advertisement -

बर्दघाट, ३१ असार २०८३ ।
बर्दघाट प्रेस क्लबको आयोजना तथा बर्दघाट नगर पालिकाको सहयोगमा आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम बुधबार वडा नम्बर ४ मा सम्पन्न भएको छ ।
बर्दघाट प्रेस क्लबका अध्यक्ष कृष्ण ढकालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगरपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न गरेका विभिन्न योजना, सेवा प्रवाह तथा विकास गतिविधि बारे जानकारी गराइएको थियो ।
कार्यक्रममा नगर पालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले वार्षिक गतिविधि तथा सेवा प्रवाहबारे  प्रस्तुति राख्दै, नगरभित्रका विभिन्न विकास निर्माण, सामाजिक तथा पूर्वाधारका कार्यक्रमबारे अवगत गराउनु भएकाे थियो ।
सार्वजनिक सुनुवाइकाे क्रममा नगरभित्रका विभिन्न वडाबाट सहभागी भएका स्थानीयवासी तथा सरोकारवालाले आ–आफ्ना वडाका समस्या र गुनासाहरू राखेका थिए । सहभागीहरूले विशेषगरी खेतियाेग्य जग्गा, घर घडेरी तथा विभिन्न ठाउँमा रहेको जग्गाको मूल्याङ्कनका आधारमा अत्याधिक कर निर्धारण गरिएको भन्दै  पुनर्विचार गर्न माग गरेका थिए ।  साथै कृषि, मल , सडक, नाला, सडक बत्ती तथा अन्य पूर्वाधार निर्माणमा समस्या रहेको गुनासो गरेका थिए । केही विकास निर्माणका काम सन्तोषजनक नभएको भन्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए ।
सहभागीबाट उठाइएका जिज्ञासा तथा गुनासोको सम्बन्धित शाखा प्रमुख तथा नगरपालिकाका पदाधिकारीहरूले जवाफ दिँदै, आवश्यक सुधार र समस्या  समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका थिए  ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, नगर प्रमुख शम्भुलाल श्रेष्ठ, नगर उप-प्रमुख रूद्र प्रकाश उपाध्याय, वडा अध्यक्षहरू, विभिन्न शाखाका प्रमुख, कर्मचारी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लबका सदस्य रामु भुषालले स्वागत मन्तव्य राख्नु  भएकाे थियो भने कार्यक्रमकाे सञ्चालन कोषाध्यक्ष विष्णु खनालले गर्नुभएकाे थियाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme