
नवलपरासी। यसवर्ष ढिलाेगरि हुन गएकाे वर्षा एवम हिजाेदेखि लगातार भएकाे मानसुनी वर्षाका कारण नारायणी नदीमा पानी बहाव बढेकाे छ । नदीमा पानीकाे बहाव लगातार बढिरहेकाेले तटीय क्षेत्रका बासीन्दामा त्रास बढेकाे छ ।
आइतवार दिउसाे १२ बजेकाे समयमा नारायणी नदीमा १ लाख ९३ हजार ७ सय क्युसेक पानी रेकर्ड गरिएकाे थियाे । पहाडी क्षेत्रमा भइरहेकाे लगातार वर्षाका कारण दिउसाे १ बजेकाे समयमा साे पानीकाे बहाव बढेर २ लाख २ हजार १ सय क्युसेक पुगेकाे छ । एक घण्टामा ८ हजार क्युसेक भन्दा बढि मात्राले पानी बढेपछि चिन्ता बढ्नु स्वभाविकै हाे । गतवर्ष आज कै दिन नारायणी नदीमा पानीकाे बहाव मात्र १ लाख ७ हजार १ सय क्युसेक रहेकाे थियाे । नारायणी नदीमा पानीकाे बढने क्रम जारी रहेकाे वाल्मिकीनगर बाढी मापन केन्द्रले जनाएकाे छ ।
दियसाे १ बजे गरिएकाे मापनमा देवघाटमा २ लाख ५५ हजार क्युसेक डिस्चार्ज रहेकाे छ । देवघाटमा डिस्चार्ज भैरहेकाे याे पानी करिब १० घण्टामा त्रिवेणी व्यारेजमा पुग्ने अनुमान गरिएकाले त्रिवेणी तथा त्रिवेणी तटिय क्षेत्रका वासिन्दामा त्रास उत्पन्न भएकाे छ ।