बँदेल सहित दुई जना भारतीय नागरिक पक्राउ

26
रबिन्द्र यादव, नवलपरासी, २१ पुष ।
नवलपरासीकाे सिमावर्ती क्षेत्रबाट प्रहरीले अाज सनिवार बिहान भारतीय बँदेल सहित दुई जना भारतीय नागरिकलाइ पक्राउ गरेकाे छ ।
भन्सार छलेर अवैध रूपमा नेपाल पसेका बेला प्रहरी चाैकी गुठी परसाैनीका प्रसनि घनश्याम रिमालकाे नेतृत्वकाे टाेलीले प्रतापपुर गाउँपालिका वडा नं ५ बैदैली पुल नजिकै बिहान करिब ५ बजे पक्राउ गरिएकाे हाे ।
भारतीय नाका रेगंहियाबाट भन्सार छलेर अाएकाे भारतीय प्लेट नं युपी ५३ बिटी ७९३१ पिकप गाडीमा लोड गरेर ल्याउदै गरेको सुराकीको अाधारमा साे बदेलहरु पक्राउ परेका हुन ।
गुठी परसौनी चौकीका असइ घनश्याम रिमालका अनुसार ९ वटा बँदेल मध्ये ३ वटा जंगली र ६ वटा क्रसिङ्ग बँदेल रहेका छन् । यी बदेलहरु भारत जिल्ला महाराजगंज फरेन्दाको जोगिया बारि जंगलबाट ल्याइएको अनुमान रहेकाे प्रहरीले बताएको छ ।
बदेल सहितको गाडी र दुई भारतीय नागरिक समेत लाई इलाका प्रहरी कार्यालय बेलाटारीमा बुझाएको रिमालले बताए । उता जिल्ला प्रहरीका प्रवक्ता विरेन्द्र थापाले जिल्ला बन कार्यालय संग समन्वय गरेर अावश्यक प्रक्रिया अगाडि बढाइने बताएका छन ।
नवलपरासी पश्चिम जिल्लाको विभिन्न नाकाबाट भन्सार छलेर अबैध चोरी निकासी बढिरहेको जनगुनासो बढेपछि प्रहरीले सक्रियता देखाएको हो । बदेलबारे प्रहरीले थप अनुसन्धान भइरहेकाे बताएकाे छ ।