स्थानीय सरकारले गरेकाे विकास निर्णयकाे विराेध

24
निर्ययकाे पक्षमा प्रदर्शन बेलासपुरमा

नवलपरासी, १२ असोज ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले अाफ्नै कार्यालय भवन बनाउनका लागि गरेकाे निर्णय कार्यान्यवन हुन नपाउदै स्थानियकाे विराेधकाे सामना गर्नु परेकाे छ ।

भाडामा बस्दै अाएकाे गाउंपालिकाकाे कार्यालयका लागि भवन निर्माण गर्ने उदेश्यले वडा नं. ३ मा उपलब्ध सार्वजनिक जग्गाकाे सदुपयाेग गरि भवन निर्माण गर्ने निर्णय सार्वजनिक भए लगत्तै स्थानीयले विराेध गर्न थालेका हुन् । विराेध स्वरूप स्थानीयले गाउंपालिकाकाे कार्यालयमा असाेज ८ गते तालाबन्दी गरे । ९ गते प्रशासनले कार्यालय सुचारू गर्न ताला खाेल्याे । यसले अाक्राेस बढ्याे र असाेज १० गते फेरी ताला बन्द गरिएकाे छ ।

निर्णयकाे विराेधमा प्रदर्शन

साेही दिन बाल सञ्जालको चलिरहेकाे बैठकमा समेत हस्तक्षेप हुन गयाे । अाफुहरूमाथि हातपात गरिएकाे भन्दै बाल सञ्जालले न्यायकाे माग गर्दै प्रेस विज्ञप्ति जारी गरेकाे छ । नयां भवन बनाउनका लागि गरिएकाे निर्णय कार्यान्यवनकाे माग गर्दै असाेज ११ गते विहानदेखि बेलासपुर लगायतका सेवाग्राहीले तालाबन्दी गर्नेहरूकाे विराेधमा केहीबेर सडक बन्द गरि दबाव दिए ।

गाउंपालिका सभाले गरेकाे निर्णय प्रति

साविक गाउं विकास समिति हुंदाकाे बखत कुश्मा गाउंमा सेवा प्रदायक संस्था गाविस कार्यालय अवश्य थियाे तर साे भवन गाउंपालिकाकाे लागि पर्याप्त नरहकाे तथा वडा कार्यालयमा परिणत भएपछि गाउँपालिकाको अाफ्नै भवन बनाउनुपर्ने बाध्यता छ । साविक गाविस भन्दा करिब एक किलाेमिटरकाे दुरीमा बनाउन खाेज्दा विराेध खासगरि कुश्मा र परसियाका जनताले गर्नु स्वभाविकै हाे । विकासका लागि त्याग नगरी विकास सम्भव पनि हुदैन । नयां निर्माण स्थल गाउंपालिकाकाे भाैगाेिलकतालाइ हेर्ने हाे भने अपायक पनि छैन । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) भन्छन्, ४२ वटा गाउंहरू रहेकाे यस गाउंपालिकाका २ वटा गाउंलाइ अपायक पर्ने अवस्था देखाएर कामलाय अवराेध गर्नु उचित छैन । ४० वटा गाउंका जनताले नयां निर्माण स्थलकाे पक्षमा समर्थन जनाएका छन् ।

गाउंपालिकाकाे गाउंसभाले भवन निर्माण स्थल किटान गर्दैै दिएकाे अधिकारका अाधारमा निर्माण गर्न खाेजिएकाे स्थलमानै नया भवन बन्नेछ । याे निर्णय बहुमतले गरेकाे छ । ३४ जना सदस्यमध्ये ३३ ले समर्थन जनाएकाे यस निर्णय कुनै पनि तवरले जनताकाे अहितमा छैन, गाउंपालिका प्रमुख गुप्ताकाे भनाइ छ ।

प्रमुख गुप्ताले परिषदबाट बहुमत पुर्याई गाउँपालिका भवन बेलासपुर चोकको पश्चिम बनाउने निर्णय प्रति गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार असहमत जनाउनु भएकाे छ । उहांले स्थानिय तह पुर्न संरचना आयोगले ताकेको गाउँपालिका केन्द्र पाल्हीनन्दन गाउँपालिकाको वार्ड नम्बर ३ मा पर्दछ र अहिले सार्न लागिएको कार्यालय भवन बेलासपुर पनि वार्ड नम्बर ३ मै पर्दछ ।

प्रमुख गुप्ताले साविक कुश्मा गाविस भवन कुश्मावासीकाे लागि मात्र थियाे तर अब बन्ने गाउंपालिका काे कार्यालय भवन कुश्मालाइ मात्रै नभइ पुरै गाउंपालिकाका ४२ वटा गाउंका जनताका लागि भएकाले कुश्माका लागि पायक पर्ने स्थानकाे माग गर्नु सिमित हुन जाने बताउनु भएकाे छ ।