इजरायल-हमास द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारका लागि आज राति नेपाल एयरलाइन्सको जहाज इजरायल जाँदै छ।
इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्दै छ। तर, इजरायलमा ज्यान गुमाएका १० जना नेपालीको शव भने योपटक ल्याउन सम्भव नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले शव यसपालि नआउने जानकारी गराइन्।
प्रवक्ता लम्सालले भनिन्, ‘शव यसपालि आउँदैन। इजरायल सरकारबाट हस्तान्तरण भइसकेको छैन। इजरायल युद्धमा रहेकाले दबाब दिने खालको अवस्था पनि छैन। प्रोटोकलको कारण ल्याउन नसकिने भयो। परिवारले बुझिदिनुपर्यो।’
परराष्ट्र मन्त्रालयले चार्टर्ड फ्लाइटबाट मात्रै नभएर नियमित उडानबाट पनि जति सक्याे छिटाे स्वदेश फर्कन चाहने नेपालीहरूकाे उद्धार गरिने जनाएको छ। नयापत्रिका