प्रहरीले दमन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय घेराउ, विद्यार्थिहरु द्धारा विरोध प्रदर्शन

73

अनिल यादव, नलवपरासी,४ असोज ।

नवलपरासीको सदरमुकाम परासीमा गएराति स्थानियमाथि प्रहरीले दमन गरेको भन्दै विराेध प्रदर्शन गरिएकाे छ  । राति ९ बजेको समयमा एक बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पृथ्वीचन्द्र अस्पतालमा उपचार गराउन आएको पीडित पक्षलाई नै प्रहरीले गुन्डा शैलिमा कुटपीट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

रामग्राम ६ स्थित एक ४ वर्षिय बालिकालाई २५ वर्षिय युवक प्रितम शर्मा भन्नेले जबरजस्ती गरेर फरार रहेको समयमा पीडित पक्षले पीडकलाई बुद्धचोकमा घुम्दै गरेको अवस्थामा समातेर कुटपीट गरेका थिए । शर्मालाई नियन्त्रणमा लिन जाँदा प्रहरी र स्थानिय विच भनाभन भएको थियो । आरोपी शर्माको रगतले एक प्रहरी असईको टाउको र हातमा रगत टासिएपछि उनि नै घाईते भएको भन्दै सिभिल ड्रेसमा पुगेका एक दर्जन प्रहरीहरुले पीडित पक्षलाई नै कुटपिट गरेको थियो ।

पीडक प्रहरीको नियन्त्रणमा आएपनि दमन गर्ने सोचले गएको प्रहरीले लातलातै र हातले केही नसोधि कुट्दै ५ जना लाई नियन्त्रणमा लिएको स्थानिय पीडित मनोज अग्रहरीले बताउनु भएको छ ।
यसरी घटनाको बारेमा केहि नसोध्दै शंकाको अधारमा कुटपीड गर्नु जन्ताको माथि दमन गर्ने कानुन भएको पीडितहरु ले बताएका हुन् । शान्त माहोलमा पनि प्रहरीले यस्तो हर्कत गर्नु कानुनको आफैं उल्घंन गरेको कुटाई खानेहरु भनेका छन् । सोही क्रममा त्यसको विरोध गर्दै स्थानियहरुले आज विहान २ घण्टा जिल्ला प्रहरी कार्यालय नवलपरासी घेराउ गरेको छन् ।

प्रहरीले दमन गरेको विरुदमा स्थानियहरुले कुठपिट गर्ने टोलिको नेतृत्वकर्ता र प्रहरीहरुलाई विभागिय कार्यवाही गर्नको लागि माग गरेका हुन् । सोही क्रममा स्थानिय नेता तथा बुद्धिजिवीहरुको उपस्थितिमा छलफलको क्रममा प्रहरी संग गल्ती भएको भन्दै क्षमा पनि प्रहरीले मागेको छ । त्यस्तै बालिका लाई जबरजस्ती गर्ने प्रहरी नियन्त्रणमा रहेको छ् भने बालिकाको उपचार भईरहेको छ । आफ्नै घर आँगनमा खेल्दै गरेको बालिकालाई खेलाउने बहानामा हातमुख समातेर जबरजस्ती गरेको पीडितको फुफुले बताएकी छिन् । घटनाको विस्तृत छानविन गरी दोषिलाई कार्यवाही गर्ने प्रहरीले जनाएको छ ।

त्यसैविच पीडित बालिका अध्ययन गर्ने विद्यालयका विद्यार्थी विरोध प्रदर्शन गरेका छन् । सदरमुकाम मै रहेको फ्युचर लाईट ईन्ङ्गलिस बोर्डिङ्गमा अध्ययनरत बालिकाको न्यायको लागि सदरमुकाममा विद्यार्थिहरु विरोध प्रदर्शन गरेका हुन् ।

त्यस्तै स्थानिय युवाहरुले प्रहरीले पीडित पक्षलाई नै कुटपीट किन गरेको भन्दै ठाँउ ठाउँमा टायर बाल्दै विरोध गरका छन् । परासीको बुद्धचोक,महेशपुर चोक र बाईपासमा गुडिरहेको गाडिहरूलाइ रोक्दै टायर बालेर बाटो जाम गरेका हुन् । सदरमुकाममा भएको विद्यालय,पसलहरु र बैंकहरु समेत बन्द भएको छ । बैंक बन्द भएको कारणले सदरमुकाम बाहिरबाट आएको सेवाग्राहीहरु मर्कामा परेका छन् ।