प्रहरीद्वारा २ लाख ८४ हजार बराबरको मालसामान नियन्त्रणमा

13
संजय कुशवाहा / बेलाटारी साउन २५
पश्चिम नवलपरासी जिल्लाकाे विभिन्न ठाउबाट २ लाख ८४ हजार २ सय मुल्य बराबरको अवैध मालसामान प्रहरीले नियन्त्रण गरेको छ ।
पाल्हिनन्दन गाउँपालिका वडा न.२ भक्शिपुरबाट आईतवार विहान सिमा प्रहरी चौकी महेशपुरले भारतबाट भन्सार छलेर अवैध रूपमा नेपाल ल्याउदै गरेको साडी, कुर्ता, सुलवार लगायत विभिन्न किसिमको कपडा, मोटरसाइकल तथा साईकलको पार्टपुर्जा करिब १ लाख ९ हजार ७ सय मुल्य बराबरको मालसामान नियन्त्रणमा लिएको हो ।
त्यसै गरी भारतबाट अवैध रूपमा नेपाल ल्याउदै गरेको यु पी ५६ यस २९७१ नम्बरको भारतिय मोटरसाइकलमा राखी ल्याउदै गरेको बनारसी साडी १८ थान, महिलाले घाटीमा लगाउने माला र सिन्दुरको डब्बा ५०/५० दर्जन प्रहरी चौकी सनईको टोलीले रामग्राम नगरपालिका वाड न.९ पिपरवाबाट मोटरसाइकल सहित नियन्त्रण गरेको छ ।
उक्त नियन्त्रण गरिएको मालसामान मोटरसाइकलमा राखेर लैजादै गर्दा प्रहरीलाई देखेपछि मोटरसाइकल सहित सामान फालेर भागेका थिए । नियन्त्रण गरिएको मोटरसाइकल र समानको मुल्य १ लाख ७४ हजार ५ सय बराबरको रहेको छ । उक्त मालसामान र मोटरसाइकल आवश्यक कारबाहीका लागी महेसपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
तस्करीका सामान दैनिक रूपमा पक्राउ गरि कार्वाहीका लागि पठाउने काम भइरहे पनि तस्करीले निरन्तरता पाएकाे छ ।