प्रहरीकाे हातमा लेडिज ब्रा, क्याप, कुखुरा र माछा

320

पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले जिल्लाकाे विभिन्न स्थानबाट करिब ७८ हजार मूल्यकाे सामान बरामद गरि कार्वाही चलाएकाे छ । बरामद हुने सामानमा लेडिज ब्रा क्याप, मैदा, माछा र कुखुरा रहेकाे प्रहरीले जनाएकाे छ ।

जिल्लाकाे सरावल गाउँपालिका वडा नं. ४ मंगलापुरबाट ४१ हजार ८८ रूपैया मुल्य बराबरको ५१३६ जोर लेडिज ब्रा क्याप र १५ हजार मुल्य बराबरको २५० के.जी. मैदा तथा सरावल गाउँपालिका वडा नं. ४ कै हात्तिवनबाट ७ हजार मुल्य बराबरको १ पेटी माछा र रामग्राम नगरपालिका वडा नं. १६ लालपाटीबाट १५ हजार मुल्य बराबरको ५२ गोटा अवैध बोईलर कुखुरा गरि रु ७८ हजार ८८ को सामान बरामद गरेकाे जनाइएकाे छ ।

प्रहरी साे सबै मालसामानलाइ अवैध भनेकाे छ । कुखुरा र माछा खाल्डाे खनी पुरिएकाे छ भने अन्य मालसामान महेशपुर भन्सार कार्यालय बुझाईएको बताएकाे छ ।