चितवन, असाढ ६ । नेपाली कांग्रेसकाे भातृ सङघठन नेपाल दलित सघकाे प्रदेश स्तरीय दलित प्रतिनिधिहरुकाे लागि २ दिवसिय प्रशिक्षण तथा सम्मान कार्यक्रम चितवनमा शुरु भएकाे छ ।
शान्ति परियारकाे अध्यक्षता तथा नेपाली कांग्रेसकाे सभापति शेरबहादुर देउवाकाे प्रमुख अतिथ्यतामा कार्यक्रमलाई उदघाटन गरिएकाे हाे । कार्यक्रम प्रदेश न ३ काे दलित अगुवाहरुकाे उपस्थिति रहेकाे बताईएकाे छ ।
कार्यक्रममा महामन्त्री डा:शशांक काेईराला, नेता प्रकाशरण महत, मान बहादुर बिक, केन्द्रीय सदस्य एवम नवलपरासीका सासद देबेन्द्रराज कण्डेल, नेपाल बिद्यार्थी सघका अध्यक्ष नैन सिह महर, तरुणदलका अध्यक्ष जितजङ बस्नेत लगायतले दलितहरुकाे हक अधिकारकाे लागि नेपाली कांग्रेसले मात्र हकअधिकार सुनिश्चित गराउने बताउनु भयाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सभापति शेरबहादुर देउवा दलितबासीहरुकाे हकअधिकारका लागि अाफुले सडकदेखि सदनसम्मकाे लडाई लडने बताउनु भएकाे छ । दलितहरुकाे हकअधिकारकाे लागि नेपाली कांग्रेसले मात्र सुनिश्चित गराउने ठाेकुवा गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै सभापति देउवाले दलितहरु एकजुट भई अगाडि बढनुपर्ने समय अाएकाे बताउनु भएकाे छ। नेपाल कम्युनिस्ट सरकारकाे यस्तै रवैया रहे अाउने दिनमा याे देशकाे फाेहाेरका रुपमा परिणत भई कम्युनिस्टहरु नारायणीमा बगेर जाने बताउनु भएकाे छ ।