16.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

प्रथम बर्दघाट एक्सपो–२०८२ बर्दघाटमा आयोजना हुने

- Advertisement -

बर्दघाट, पौष २१ ।
“स्थानीय उद्योग र व्यापारः दिगो विकासको आधार” भन्ने मूल नाराका साथ प्रथम बर्दघाट एक्सपो–२०८२ आयोजना हुने भएको छ।
उद्योग व्यापार संघ बर्दघाट, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को आयोजनामा एक्सपो आगामी माघ १३ गतेदेखि २५ गतेसम्म बर्दघाट नगरपालिका–४ स्थित बर्दघाट मण्डप, हरियाली नगर मा सञ्चालन हुनेछ।
एक्सपोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संघले बर्दघाट क्षेत्रको आर्थिक चलायमानता बढाउने, स्थानीय उद्योग–व्यवसाय, कृषि उत्पादन, उद्यमशीलता, कला–संस्कृति तथा पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले एक्सपो आयोजना गर्न थालिएको जनाएको छ।
१३ दिनसम्म चल्ने यस एक्सपोमा करिब २५० वटा स्टलहरू रहनेछन्। जसमा स्थानीय कृषि उपज, महिला उद्यमीका उत्पादन, घरेलु तथा साना उद्योगका सामग्री, साथै राष्ट्रिय उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्।
यश एक्सपाेजमा विविध खानाका परिकार, बालबालिकाका लागि बाल उद्यान तथा मनोरञ्जनात्मक गतिविधिहरू पनि रहने उद्योग व्यापार संघ बर्दघाटका अध्यक्ष राजु न्यौपानेले जानकारी दिनुभयो ।
साे पत्रकार सम्मेलनमा एक्सपो अवधिभर कृषि, पर्यटन र कला प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइनुका साथै स्थानीय कृषिजन्य उत्पादन तथा आधुनिक कृषि प्रविधिको प्रदर्शन गरिनुका साथै नगरभित्रका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार–प्रसारका लागि जानकारीमूलक भिडियो प्रदर्शन र सामूहिक भ्रमणको व्यवस्था गरिने संस्थाका बरिस्ठ उपाध्यक्ष दिनेश न्याैपानेले बताउनुभयाे ।
मनोरञ्जनका लागि प्रत्येक दिन राष्ट्रिय ख्यातिप्राप्त कलाकार तथा स्थानीय प्रतिभाहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
एक्सपो अवधिभर करिब १ लाखदेखि १ लाख ५० हजारसम्म दर्शक सहभागी हुने अपेक्षा गरिएको छ  । आयोजकले एक्सपो ले बर्दघाट क्षेत्रको आर्थिक, सांस्कृतिक र पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । वरिष्ठ उपाध्यक्ष दिनेश न्याैपानेकाे स्वागत मनतव्य रहेकाे कार्यक्रमकाे संचालन महासचिव नारायण भण्डारीले गर्नु भएको थियोे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme