पश्चिम नवलपरासीकाे प्रतापपुर गाउँपालिकाले आज बुधवार आफ्नाे १२ओैं गाउंसभा भव्यताका साथ सम्पन्न गरेकाे छ ।
गाउंपालिका अध्यक्ष उमेश चन्द यादवकाे अध्यक्षतामा सञ्चालित सभामा पुर्वमन्त्री एवम प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठी प्रमुख अतिथी हुनुहुन्थ्याे ।
सभामा पालिकाले आ.व. ०७९०८०का लागि नीति तथा कार्यक्रम पारित गरेकाे छ । सभामा उपस्थित सभासदहरूले अध्यक्ष यादवले प्रस्ताव गरेकाे निति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेकाे छ । पालिकाले आउँदाे सत्रका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सडक, विद्युतीकरण र खेलकुदलाइ प्राथमिकतामा राखेकाे छ ।
त्यस्तै, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, जेष्ठ नागरिकका सेवा सुविधा, सिमान्तकृत विपन्न तथा अति गरिबका लागि महत्वपुर्ण याेजना तर्जुमा गरेकाे छ । महिलाहरूकाे आयआर्जन, अपाङ्गता भएकाहरूका लागिआत्मनिर्भर बनाउने याेजनाका साथै मृत्यु भएका अति गरिब तथा विपन्नका परिवारका लागि पालिकाले काजकृया खर्चका लागि गा पा स्तरिय सामाजिक सहायताकाे वयवस्था मिलाउने नीति लिएकाे छ ।
पालिकाले पेश गरेकाे नीति तथा कार्यक्रममा उर्जा तथा लघु साना जलविद्युत, सूचना प्रविधि तथा सञ्चार, वातावरण तथा विपद व्यवस्थापन वन तथा भू संरक्षण, फाेहाेर मैला व्यवस्थापन, सुशासन प्रवर्धन गर्ने कार्यक्रमलाइ जाेड दिएकाे छ ।
गाउँसभाको उद्घाटन गर्दै प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले स्थानीय सरकार संघीयताको उपलब्धी भएकोले जनताका आवश्यकतालाई जोड दिएर काम गर्नुपर्ने बताउनुभयो । वडास्तरमा योजना तानातान गरेर लैजानुभन्दा ठोस योजनामा जोड दिनुपर्ने उहाँको भनाई छ । केही वर्षदेखि स्थानीय तहमा बेरुजुको अवस्था बढ्दै गएकोले बताउँदै पहिला पहिला आन्तरिक प्रशासनलाई सुधार गर्नुपर्नेमा जोड त्रिपाठीले जोड दिनुभयो ।
प्रमुख अतिथी त्रिपाठीले सानाे सानाे काममा समय खर्चिनुभन्दा कार्यपालिकाले दीर्घकालीन याेजना बनाएर अघि बढनुपर्ने हुन्छ। लामाे राजनीतिक अनुभव सुनाउदै त्रिपाठीले पालिकाहरूमा वडाध्यक्षहरूले साना साना सामग्री वितरणमा बढी ध्यान दिने गरेकाेले सामान उपलब्ध गराएकै भरमा भाेट पाउछु र पुनः जित्छु भनेर नसाेचे हुन्छ भन्नुभयाे । त्रिपाठिले यस्ता क्षेत्रमा लगानी बढाउने हाे भने पुनः ५ वर्षपछि फर्केर यस स्थानमा आउन मुस्किल हुने गरेकाे धेरैकाे अनुभव रहेकाे भन्नुभयाे ।
कार्यक्रममा उपाध्यक्ष मानकुमारी चौधरीले गाउँपालिकाले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभयो ।
पालिकाकाे गाउंसभाकाे थप कार्यक्रम भाेली विहान ११ बजेदेखि सञ्चालन हुने जनाएकाे छ ।









