पेेन्सन पट्टा बनाउन गएका दुइ शिक्षककाे मृत्यु

10

नवलपरासी, भदौ २७  गते ।

धादिङको विशालटारमा मंगलबार बिहान बस दुर्घटना २ जनाकाे ज्यान गएकाे छ, बसमा चढेका अन्य ३१ जना घाइते भएका छन् ।

लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । काठमाडौंबाट छुटेको गाडीमा ४४ जना यात्रु रहेकोमा ३१ जना घाइते भएका हुन् ।

जन जागृति मावि गूठी परसाैनीका पुर्व शिक्षक रमाशंकर सिंह
जन जागृति मावि गूठी परसाैनीका पुर्व शिक्षक बच्चा राव

घाइते मध्ये नवलपरासीका २ जनाकाे उपचारकाे क्रममा अस्पतालमा ज्यान गएकाे हाे । प्रतापपुर गाउंपालिका वडा नं. ५ का ६० वर्षे बच्चा राव र प्रतापपुर गाउंपालिका वडा नं. ५ का ६१ वर्षे रमाशंकर सिंहकाे ज्यान गएकाे बताइएकाे छ । ती दुबैजना नवलपरासी जिल्लाकाे प्रतापपुर गाउंपालिका वडा नं. ६ मा रहेकाे जन जागृति माध्यमिक विद्यालय गूठी परसाैनीका अवकाश प्राप्त शिक्षक हुन् । अवकाश भएपछि पेन्सन पट्टा बनाइ काठमाण्डाैंबाट घर फर्कने क्रममा लु २ ख ६६३० नम्बरको बस अनियन्त्रित भइ बेनिघाट रोराङ गाउँपालिकाको विशालटारमा सडकबाट तल खसेर दुर्घटना भएको हाे ।

घटना पश्चात उपचारका रमाशंकर सिंहकाे सानेपा स्टार हस्पिटलमा उपचार क्रममा निधन भएको हाे भने बच्चा रावकाे ट्रमा सेन्टरमा उपचारको क्रममा निधन भएको छ ।

घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं वीर अस्पताल लगिएको थियाे । अरुको मलेखुमा रहेको राजमार्ग सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

एकवर्ष अघि अवकास पाएका रमाशंकर सिंह अाफ्ना सहकर्मी बच्चा रावकाे पेन्सन पट्टा बनाउने काममा सहयाेगका लागि संगसंगै काठमाण्डाैं गएका थिए ।