सदिक्षा गैरे
कावासोती, २३ माघ
प्राविधिक शिक्षा सञ्चालनार्थ जनता माध्यमिक विद्यालय कावासोती ६ विष्णुनगरमा बुधवारदेखि श्रीमद्भागवत धनधान्याचल ज्ञानमहायज्ञ शुरु भएको छ । फागुन २ गतेसम्म चल्ने महायज्ञको एक समारोहका बिच पुर्वप्रधानन्यायधिश गोपाल प्रसाद पराजुलीले उद्घाटन गर्नुभयो ।
वि.सं. २०११ सालमा स्थापना भइ वि.सं. २०४६ सालदेखि माध्यमिक तह र वि.सं.२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विद्यालयमा समयानुकुल प्राविधिक शिक्षा प्रदान गर्नका लागि धनधान्याचल महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयले जनाएकाे छ । माध्यमिक तहसम्म अध्यापन हुने यस विद्यालयमा हाल अंग्रेजी र नेपाली दुबै माध्यमका कक्षाहरु सञ्चालन हुदै आएका छन् ।
उद्घाटन समारोह यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीको अध्यक्षतामा सञ्चालन गरिएकाे थियो । येसै बिच आज नै धानको मौलो समेत उद्घाटन गरिएको छ, मौलोको स्थानिय रन्नता गौडेलले उद्घाटन गर्नु भएको हो ।
उद्घाटन पुर्ब आज बिहान कावासोतीको फलफुल चोकदेखि बिष्णुनगर स्कुल परिसरसम्म झाकी र बजागाजा सहितको कलश यात्रा निकालिएको थियो । शोभायात्रामा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता रहेको प्रधानाध्यापक घनश्याम भुषालले बताउनुभयो ।
धान्याञ्चलमा प्रखर युवावाचक श्री चैतन्य कृष्णज्यू को प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चालन हुनेछन् । महायज्ञ अबधिभर नवग्रह शान्ति पुजा, तुलादान, शुभविवाह, ब्रतबन्ध, लक्षवती दिपप्रज्वलन, चौरासी पुजा लगायतका कार्यहरु समेत हुने आयोजकले जानकारी दिइएको छ ।

बिद्यालयले सो अबधीमा यथाशक्य दान गरेर प्राविधिक कक्षा सञ्चालन गर्ने बिद्यालयको महान् अभियानमा सरिक हुन सबैलाई आह्वान गरेको छ ।
उद्घाटन समारोहमा प्रदेश सांसद रोशनबहादुर गाहा, पुर्व सांसदहरु महेन्द्रध्वज जि.सि., कृष्ण पौडेल, कावासोती वडा नम्बर ६ का वडा अध्यक्ष हेमप्रसाद पाण्डे, समाजसेवी श्याम श्रेष्ठ, सरस्वती तिमल्सिना, शैक्षिक व्यक्तित्व शोभाकान्त ढकाल, जिल्ला शिक्षा समन्न्वय ईकाई प्रमुख कृष्णचन्द्र पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । आज उद्घाटन समारोहमा सहभागी सबैंले यथाशक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
उद्घाटन समारोहमा कावासोतीका सबै. वडा का वडा अध्यक्ष र सदस्यहरुको समेत सहभागिता रहेको थियो । यज्ञको उद्घाटन हुनु पुर्वनै विभिन्न महानुभाबहरुबाट ७० लाख बढी सहयोग प्राप्त भइसकेको छ भने सहयोग घोषणा हुने क्रम जारी छ ।