0.6 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

पुजा महतोको सम्मानमा महोत्तरीमा भव्य शोभायात्रा

spot_img
spot_img

महोत्तरी, गौशाला । क्रिकेट प्रतियोगितामा नेपालकी अन्डर-१९ महिला राष्ट्रिय टोलीलाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने पुजा महतोको सम्मानमा साेमवार गौशाला नगरमा भव्य शोभायात्रा सम्पन्न गरिएकाे छ ।

नोभेम्बर ४ देखि १३, २०२४ सम्म युएईमा सम्पन्न ICC U-19 Women’s T20 World Cup Asia Qualifier क्रिकेट प्रतियोगितामा नेपालकी अन्डर-१९ महिला राष्ट्रिय टोलीलाई प्रथम स्थान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने पुजा महतोको सम्मानमा आज गौशाला नगरमा भव्य शोभायात्रा आयोजना गरिएकाे हाे ।

शोभायात्राको सुरुवात पूजा महतोको गृह वडा नम्बर ११ को इमली बजारस्थित हनुमान मन्दिरबाट बिहान ९ बजे सुरु भई नगरपालिकाको परिक्रमा गरेकाे थियाे । २ सय भन्दा बढी जीप, कार, र मोटरसाइकलमा करिब २,००० जनाको सहभागिता रहेको यस यात्राले नगर भर उल्लास र गर्वको वातावरण सिर्जना गर्यो।

यसअघि आयोजित मञ्च कार्यक्रममा सभापति गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र कुशवाहाले पूजा महतोको सफलता गौशालाका लागि मात्र नभई सम्पूर्ण नेपालको गौरव भएको बताए। प्रमुख अतिथि संघीय सांसद माननीय लक्ष्मी महतो कोइरीले नेपाललाई अन्तर्राष्ट्रिय खेलकुदमा अगाडि बढाउन युवाहरूको यस्ता उपलब्धि प्रेरणादायी हुने धारणा राखे।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद माननीय भरत शाह, पूजा महतोको गृह वडा अध्यक्ष रामप्रित महतो, जसपा प्रदेश सदस्य जोगनारायण महतो, बुद्धिजीवी, खेलप्रेमी र नेपाल प्रहरीको विशेष उपस्थिति रहेको थियो।

मनोज कुशवाहाका अनुसार भोली गौशाला नगरपालिकाले पूजा महतोको सम्मानमा विशेष कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ।

नेपाललाई अन्तर्राष्ट्रिय खेलमा अग्रस्थानमा पुर्‍याउने पूजा महतो जस्ता प्रतिभाहरूको योगदानलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरू अत्यन्त महत्त्वपूर्ण छन्। शोभायात्राले स्थानीयबासीबीच एकता र उत्साहको वातावरण सिर्जना गरेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme