पाल्हीनन्दनमा ३ लाख १६ हजारकाे अवैध सामान बरामद

23
नवलपरासी (पश्चिम), २९ भदौ
अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू पाल्लीनन्दन गाउँपालिका-४ भक्सिपुरबाट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
सिमा प्रहरी चौकी महेशपुर नवलपरासी पश्चिमबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको करिब २ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको भिडिओ क्यामराको पार्टपूर्जाहरु र ३४ हजार ३ सय रुपैयाँ बराबरको हार्डवयरका सामानहरु सोही स्थानमा छाडेर मोटरसाइकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।