पाल्पाको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएकाे छ । दुर्घटनामा ६ जनाको ज्यान गएको खबर छ । एक जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । घटनाको थप विवरण आउदै
पर्यटकिय स्थल रानिमहल घुम्न हिडेका पर्यटक सवार बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप ओरालो सडकमा चिप्लिएर करिब ७ सयमिटर तल तानसेन खोलामा खसेको बताईएकाे छ |