1.1 C
New York
Monday, January 13, 2025

Buy now

spot_img
spot_img

पालडाडालाई बालमैत्री स्थानीय शासन घोषणा गरिएको छ

spot_img
spot_img

पप्पु रेग्मी, बर्दघाट ।
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ५ लाई साेमवार एक कार्यक्रमका बीच पालडाडामा बालमैत्री स्थानीय शासन घोषणा गरीएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ५ काे वडा अध्यक्ष बिमला गुरूङकाे अध्यक्षता तथा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीकाे अध्यक्ष भगौती प्रसाद यादव (रुदल) काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको  कार्यक्रममा प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका अध्यक्ष यादवले बाेल्दै, पश्चिम नवलपरासी जिल्लाका स्थानीय तहहरु क्रमश: बालमैत्री स्थानीय शासनमा गएको बताउनुभयाे । बालबालिका विरुद्ध हुने सबैखाले हिंसाहरु, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध नगर बनाउन सबै नगरबासीले सहयोग गर्नु पर्नेमा जोड दिदै, वडा नम्बर ५ पालडाडालाई बालमैत्री स्थानीय शासन भएको घोषणा गर्नुभएकाे थियो ।
कार्यक्रममा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले आगामी ३ बर्षमा नगरका अन्य वडाहरूलाई पनि  बालमैत्री घोषणा गर्ने कार्य योजना बनाएर अगाडी बढेको जानकारी दिनुभयो ।
बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बालबालिकाले आफुलाई सुरक्षित महसुस गरेमा मात्र बालमैत्री घोषणाको मर्मले सार्थकता पाउने बताउनु भएको थियो ।
२०७६ साल देखि बालमैत्री अभियान सुरु गरेको यस वडा नं. ५ मा  ७ सय १५ घर परिवारमा ३ हजार ४ सय ९७ जनसंख्या रहेको वडाध्यक्ष बिमला गुरुङले जानकारी दिनुभयो । वडाले बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यबिधि २०७९ अनुसारका ५१ वटा सुचकहरु पुरा गरेको  वडाले बाल बचाउको क्षेत्रमा १४ सुचक, संरक्षणको क्षेत्रमा १० वटा सुचक, बाल बिकासमा ६ वटा सुचक, सहभागीमा ६ र सस्थागतमा जम्मा १५ वटा गरि ५१ वटा सुचक पूरा गरेको वडाध्यक्ष गुरुङले बताउनु भयो ।
  बालबालिकामा लगानी, ल्याउँछ सुनौली विहानीु भन्ने मुल नाराका साथ आयोजना भएके कार्यक्रममा १ सय २ बर्षका जेष्ठ नागरिक पुरुषोत्तम भट्टराई र  ९२ वर्षकी भिम कुमारी गुरुङ्ग, स्वास्थ्य सस्था, स्वास्थ्य कर्मी, टोल विकास सस्था र विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।  बालमैत्री वडा घोषणा गर्नमा विभिन्न स्थानीय तहबाट सहयोग गर्ने आमा समुह, क्लब, टोल विकास सस्था लगायतलाई सम्मान गरिएको थियो । पन्चेवाजा सहित वडामा रहेकाे विभिन्न टाेलकाे परिक्रमा गरिईएकाे थियो । विद्यार्थीहरूले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme