पार्टी एकताको मिति १४ गते तोकिन्छ : प्रचण्ड

10

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि आगामी १४ वैशाखमा मिति तोक्ने समझदारी भएको बताएका छन् । उनले एमाले–माओवादीका दुवै अध्यक्षले मिलेर १४ गते मिति तोक्ने सम्झदारी भएको बताए । प्रचण्डले दुई अध्यक्षले पर्याप्त समय निकाल्न नसक्दा एकता प्रक्रिया ढिलो भएको बताए । वैशाख महिनाभित्रै पार्टी एकता हुने प्रचण्डकोे दाबी छ ।

भरतपुर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग उनले हतारमा एकता गरेर नपछुताउनका लागि पनि एकता प्रकृया केही ढिलाइ हुन पुगेको स्पष्टिकरण दिएका छन् ।

‘दुई/चार दिन ढिलो भएपनि सम्झदारीमा खलल नआहोस्’ भनेर नै पार्टी एकताका केही ढिला गरी भएको बताए । साथै प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँपन दिने दाबी गरे ।

अर्को प्रशंगमा अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन मद्धत पुग्ने विश्वास व्यक्त गरे । उनले मोदी जनकपुर र मुक्तिनाथ पनि जाने भएकाले दुई देशबीचको सम्वन्ध झन् सुधार हुँदै गइरहेको बताए । नयांपत्रिका